Wednesday 28th January 2026

पाल्पामा मृत्यु भएको भनि घाटमा लगिएको मानिस जिउँदै!


तितोपाटी – पाल्पामा मृत्यु भएको भनि घाटमा लगिएकी एक महिला जिउँदै भेटिए पछि पुनः फर्काइएको छ ।समाचारका अनुसार दुषित पानीको कारण झाडापखलाको महामारीमा परि पाल्पाको युनाइटेड मिसन अस्पतालमा उपचार गराइरहेकी रैनादेवी गाउँपालिका – १ सिद्धेश्वरकी ३६ वर्षीया नर्मता ज्ञवालीको मृत्यु भएको भनि घाटमा लगिएकोमा ज्युदै भएपछि अहिले उनलाई पुनः अस्पताल भर्ना गरिएको छ ।

लामो समय उपचार गरेर पनि विरामीको सुधार नभइ अस्पतालले डिस्चार्ज गरिएकी ज्ञवालीलाइ अक्सिजन दिएर राखिएकोमा सोमबार दिउँसो आफन्तको आग्रहमा अस्पतालले डिस्चार्ज दिएको थियो । डिस्चार्ज पछि आफन्तले एम्वुलेन्समा राखेर रिडी घाटमा लगेकोमा अक्सिजन झिकेपछि विरामीको मृत्यु भएको हल्ला भएको र उनको खुट्टा जलमा डुवाएर राखी चिताको तयारी गर्दै गर्दा केही समयपछि उनी चल्न, कराउन थालेपछि तत्कालै त्यँहीबाट स्थानीय स्वास्थ्य चौकी पुर्याइएको थियो ।

ज्ञवालीलाई स्थानीय स्वास्थ्य चौकीले धड्कन र नाडी चलेकाले थप उपचारका लागि अस्पताल लैजान भनेपछि आफ्न्ताले एम्वुलेन्समा राखी लुम्विनी मेडिकल कलेज प्रवास पर्याएका थिए । उनको अहिले लुम्विनी मेडिकल कलेजमा उपचार भइरहेको अस्पताले जनाएको छ ।

-रानीमहलबाट


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...