Saturday 20th December 2025

दैलेखमा बस दुर्घटना हुँदा १ को मृत्यु, ७ घाइते


तितोपाटी – कर्णाली राजमार्गको दैलेखमा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। मंगलबार बिहान दैलेखको आठबिस नगरपालिका ५ मा ना ५ ख ७२४३ नम्बरको बस दुर्घटना भएको हो।

दुर्घटनामा परी मृत्यु हुनेमा आठबिस नगरपालिका ५ बस्ने ३३ वर्षीया दिर्जा माझी रहेको प्रहरीले जनाएको छ। घाइते ७ जनाको अहिले स्थानीय मेडिकलमा उपचार भैरहेको छ। सो बस घुम्तिमा चिप्लेर करिब ५०-६० मिटर तल खसेको प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेललाइ उधृद गर्दै समाचार प्रकाशित भएको छ ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...