Thursday 1st October 2026

पाकिस्तानमा आत्मघाती आक्रमण हुँदा ८ जनाको मृत्यु


तितोपाटी – पाकिस्तानको उत्तरपश्चिमी सहर देरा इस्माइल खानमा आइतबार बिहान भएको दुई छुट्टाछुट्टै आक्रमणमा परी कम्तिमा ८ जनाको मृत्यु भएको छ । आक्रमणमा परी ३० जना घाइते भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा आएका हतियारधारी समूहले पश्चिम क्षेत्रमा रहेको एक प्रहरी चौकीमा आक्रमण गरेको अलजजिराले जनाएको छ । आइतबार बिहान भएको उक्त आक्रमणमा परी दुई जना प्रहरीको मृत्यु भएको थियो ।

घटना लगत्तै प्रहरीको शव नजिकैको एक सरकारी अस्पताल पुर्याइएकोथियो ।जिल्ला प्रहरीका प्रमुख सलिम राइजका अनुसारप्रहरीको शव अस्पताल पुर्याउने बित्तिकैआत्मघातीबम विस्फोट भएको थियो । विस्फोटमा परी अन्य दुई प्रहरी र ४ जना सर्वसाधरणको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अस्पतलामा भएको आत्मघातीआक्रमणमाकरिब ७ किलो बराबरको विस्फोटक पदार्थ प्रयोग भएको प्रहरीले जनाएको छ ।

आक्रमणको जिम्मा तहरेक-ई-तालिबानले लिएको छ । उसले आफ्नो एक कमान्डरलाई प्रहरीले देरा इस्माइल खानमा मारेको ‘बद्ला’ मा उक्त आक्रमण गरिएको जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...