Wednesday 1st April 2026

नेकपाले ७७ जिल्ला, ६ महानगरको इन्चार्ज र सह इन्चार्जको टुंगो लगायो


काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले ७७ जिल्ला र ६ महानगरको इन्चार्ज र सह इन्चार्जको टुंगो लगाएको छ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको सहमति अनुसार ७७ वटै जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता पाएका ६ वटा महानगरपालिकाको पार्टी इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको हो।

सबै जिल्ला र महानगरपालिकाको पार्टी ईन्चार्ज र सह–ईन्चार्जहरुको टुंगो लगाउने काम गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनले साविककै पार्टी जिल्ला कमिटीका इन्चार्जहरुलाई इन्चार्जको जिम्मेवारी दिने निर्णय गरिएको पनि स्पष्ट पारे।

बैठकले पार्टीको विभाग, आयोग, प्रवास संगठनको एकीकरणको काममा टुंगो लगाउन मंगलबार अपरान्ह १ बजे पार्टी केन्द्रिय कार्यालय, बुम्बाराहीमा सचिवालयको बैठक बस्ने निर्णय पनि गरेको छ।

हेर्नुस् कुन जिल्ला को भए इन्चार्ज र सहइन्चार्ज ?






-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...