Tuesday 23rd December 2025

नेकपाले ७७ जिल्ला, ६ महानगरको इन्चार्ज र सह इन्चार्जको टुंगो लगायो


काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले ७७ जिल्ला र ६ महानगरको इन्चार्ज र सह इन्चार्जको टुंगो लगाएको छ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको सहमति अनुसार ७७ वटै जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता पाएका ६ वटा महानगरपालिकाको पार्टी इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको हो।

सबै जिल्ला र महानगरपालिकाको पार्टी ईन्चार्ज र सह–ईन्चार्जहरुको टुंगो लगाउने काम गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनले साविककै पार्टी जिल्ला कमिटीका इन्चार्जहरुलाई इन्चार्जको जिम्मेवारी दिने निर्णय गरिएको पनि स्पष्ट पारे।

बैठकले पार्टीको विभाग, आयोग, प्रवास संगठनको एकीकरणको काममा टुंगो लगाउन मंगलबार अपरान्ह १ बजे पार्टी केन्द्रिय कार्यालय, बुम्बाराहीमा सचिवालयको बैठक बस्ने निर्णय पनि गरेको छ।

हेर्नुस् कुन जिल्ला को भए इन्चार्ज र सहइन्चार्ज ?






-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनमा युद्ध अन्त्य गर्ने वार्तामा पश्चिमा र कीभको कोर्टमा रहेको बताएका छन्। उनले मस्कोको हालैको…

प्रतिकृयाहरू
...