Wednesday 1st April 2026

पक्राउ परेकी युवतीले नै हालेकी थिइन् मृत फेला परेका युवकविरूद्ध बलात्कार मुद्दा


सँगै होटलमा बास बसेका युवकले आत्महत्या गरेको अवस्थामा फेला परेपछि युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दाङको तुलसीपुरस्थित मानसरोवर होटलमा बाँकेको कोहलपुर निवासी अन्दाजी २७ वर्षीय रमेश हमाल झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेपछि सँगै बसेकी युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार हमाल विवाहित हुन्।

पक्राउ परेकी युवतीले झन्डै डेढ महिना पहिलेमात्रै मृतक हमालविरूद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा आफूलाई जबरजस्ती करणी गरेको भन्दै मुद्दा समेत हालेकी थिइन्। तर केही समयपछि युवतीले मुद्दा फिर्ता लिएको प्रहरीले बताएको छ।

‘सायद उनीहरूको बाहिर कुरा मिल्यो होला, मुद्दा हालेको केही समयमै युवतीले आफैं मुद्दा फिर्ता लिएको खुल्न आएको छ,’ एसपी पाण्डेले भने। रुकुम जिल्ला निवासी विक थरकी युवती र मृतक हमाल बिहीबार राति १० बजेतिर होटलमा बास बसेका होटल सञ्चालक बताउँछन्।

युवतीले आफू निदाएको समयमा हमालले डोरीले पासो लगाएर आत्महत्या गरेको भन्ने बयान प्रहरी समक्ष दिएकी छन्।

‘म निदाएको समयमा आवाज सुनेपछि उठेर हेर्दा झुन्डिएको देखेँ। मैले बचाउन अनेक प्रयास गर्दा निकाल्न सकिनँ अनि तत्काल म दौडिएर होटल मालिकलाई बोलाएर ल्याएकी हुँ,’ युवतीको भनाइ उद्धत गर्दै एसपी पाण्डेले भने।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...