Friday 11th July 2025

पक्राउ परेकी युवतीले नै हालेकी थिइन् मृत फेला परेका युवकविरूद्ध बलात्कार मुद्दा


सँगै होटलमा बास बसेका युवकले आत्महत्या गरेको अवस्थामा फेला परेपछि युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दाङको तुलसीपुरस्थित मानसरोवर होटलमा बाँकेको कोहलपुर निवासी अन्दाजी २७ वर्षीय रमेश हमाल झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेपछि सँगै बसेकी युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार हमाल विवाहित हुन्।

पक्राउ परेकी युवतीले झन्डै डेढ महिना पहिलेमात्रै मृतक हमालविरूद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा आफूलाई जबरजस्ती करणी गरेको भन्दै मुद्दा समेत हालेकी थिइन्। तर केही समयपछि युवतीले मुद्दा फिर्ता लिएको प्रहरीले बताएको छ।

‘सायद उनीहरूको बाहिर कुरा मिल्यो होला, मुद्दा हालेको केही समयमै युवतीले आफैं मुद्दा फिर्ता लिएको खुल्न आएको छ,’ एसपी पाण्डेले भने। रुकुम जिल्ला निवासी विक थरकी युवती र मृतक हमाल बिहीबार राति १० बजेतिर होटलमा बास बसेका होटल सञ्चालक बताउँछन्।

युवतीले आफू निदाएको समयमा हमालले डोरीले पासो लगाएर आत्महत्या गरेको भन्ने बयान प्रहरी समक्ष दिएकी छन्।

‘म निदाएको समयमा आवाज सुनेपछि उठेर हेर्दा झुन्डिएको देखेँ। मैले बचाउन अनेक प्रयास गर्दा निकाल्न सकिनँ अनि तत्काल म दौडिएर होटल मालिकलाई बोलाएर ल्याएकी हुँ,’ युवतीको भनाइ उद्धत गर्दै एसपी पाण्डेले भने।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

तितोपाटी - पछिल्लो पटक चर्चामा रहेका गायक  दुर्गेश थापा र सिसन बानियाँले बजारमा ल्याएको  नयाँ गीत ‘जाने भए जाम माया’ले…

बेरुत: लिटानी नदीको दक्षिणमा रहेको आइतत शहरका बासिन्दाहरूले बिहीबार UNIFIL सेनामाथि आक्रमण गरे। आक्रमणकारीहरूले लेबनानी सेनाको एकाइको साथ नदिई वादी…

तितोपाटी- रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कमा आएका छन् । बिहीबार बिहान हराएका कर्मचारीहरु गुल्मी जिल्लाबाट…

प्रतिकृयाहरू
...