Friday 13th March 2026

आईसीसीद्वारा टेष्ट राष्ट्र जिम्बावेलाई निलम्बन


अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टेष्ट राष्ट्र जिम्बावेलाई निलम्बन गरेको छ । जिम्बाबेको क्रिकेट बोर्डमा सरकारले अनावश्यक हस्तक्षेप गरेको भन्दै आईसीसीले निलम्बन गरेको हो ।

आईसीसीको बिहिबार लन्डनमा बसेको बोर्ड बैठकले जिम्बावे क्रिकेट बोर्डको निर्वाचन लोकतान्त्रिक नभएको र सरकारको चरम हस्तक्षेप भएको उल्लेख गर्दै जिम्बाबेलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

 तीनबर्ष अघि आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) लाई पनि सोही कारण देखाउँदै निलम्बन गरेको थियो । आईसीसीले नेपालमाथिको निलम्बन अझै फुकुवा गरेको छैन ।

नेपाली क्रिकेटलाई आईसीसीले अन्तर्राष्ट्रिय सहभागिताबाट भने रोकेको छैन । नेपाली क्रिकेट अहिले आईसीसीकै निगरानीमा रहेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको छ ।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

इरानले हाल चलिरहेको युद्धको क्रममा इजरायलमाथि क्लस्टर हतियार भएको क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिएको छ। इजरायली अधिकारीहरू र The New…

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

प्रतिकृयाहरू
...