Friday 14th November 2025

मोरङमा बस र भ्यान ठिक्किँदा २ जनाको मृत्यु, २८ जना घाइते


तितोपाटी – मोरङको पथरी शनिश्चरे–१०, स्थित पूर्वपश्चिम राजमार्गमा बस र तरकारी बोकेको भ्यान एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा परी २८ जना घाइते भएका छन्।

मृत्यु हुनेमा बसका सहचालक मोरङ कानेपोखरी–३, का टीकाराम थापा छन्। उनको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो। घटनास्थलमै मृत्यु भएका बसमा सवार यात्रुको भने सनाखत हुन नसकेको मोरङ प्रहरीले जनाएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आएको मे १ त ५३९१ नम्बरको भ्यान एकापसमा ठोक्किँदा दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी  घाइते भएका २८ जना मध्ये आठजनाको स्थानीय पथरीस्थित पथरी अस्पताल, आठजनाको पथरी डाइनाष्टिक अस्पताल, सातजनाको विराटनगरस्थित नोबेल अस्पताल र पाँचजनाको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...