Friday 14th November 2025

अछाममा निउरो खाँदा एकै परिवारका २ छोराछोरीको मृत्यु, आमा गम्भीर बिरामी


तितोपाटी – अछाममा निउरो खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । शुक्रबार जङ्गलबाट ल्याएको निउरो खाँदा जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ५ तल्लोपाटनका दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

मृत्यु हुनेमा ५ बर्षीया मनिषा बोहोरा र उनका दाई ११ बर्षका रमेश बोहोरा रहेका छन् ।  प्रहरीका अनुसार मनिषाकाे घरमै र उनकाे दाइ रमेशकाे उपचारकाे क्रममा मृत्यु भएको हो । शुक्रबार बिहान आमाले जङ्गलबाट निउरो ल्याएपछि तरकारीको रुपमा पकाएर खाएका थिए ।

निउरो खाएपछि आमासहित उनीहरु तीनै जनामा वान्ता हुने रिंगटा लाग्नेजस्ता लक्षण देखा परेको थियो । हाल मृतकहरुका आमा ३१ वर्षीया  नरपता बोहराको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी जनक शाहीले जानकारी दिएका छन् । उनकाे न्याय हेल्थ बयलपाटा अस्पतालमा उपचार भइरहेकाे छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...