Thursday 12th March 2026

अछाममा निउरो खाँदा एकै परिवारका २ छोराछोरीको मृत्यु, आमा गम्भीर बिरामी


तितोपाटी – अछाममा निउरो खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । शुक्रबार जङ्गलबाट ल्याएको निउरो खाँदा जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ५ तल्लोपाटनका दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

मृत्यु हुनेमा ५ बर्षीया मनिषा बोहोरा र उनका दाई ११ बर्षका रमेश बोहोरा रहेका छन् ।  प्रहरीका अनुसार मनिषाकाे घरमै र उनकाे दाइ रमेशकाे उपचारकाे क्रममा मृत्यु भएको हो । शुक्रबार बिहान आमाले जङ्गलबाट निउरो ल्याएपछि तरकारीको रुपमा पकाएर खाएका थिए ।

निउरो खाएपछि आमासहित उनीहरु तीनै जनामा वान्ता हुने रिंगटा लाग्नेजस्ता लक्षण देखा परेको थियो । हाल मृतकहरुका आमा ३१ वर्षीया  नरपता बोहराको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी जनक शाहीले जानकारी दिएका छन् । उनकाे न्याय हेल्थ बयलपाटा अस्पतालमा उपचार भइरहेकाे छ ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

प्रतिकृयाहरू
...