Wednesday 14th January 2026

विश्वकप २०१९ को सर्वोत्कृष्ट खेलाडी बने न्युजिल्यान्डका कप्तान


आइसिसी क्रिकेट विश्वकप २०१९ को सर्वोत्कृष्ट खेलाडी न्युजिल्यान्डका कप्तान केन विलियमसन घोषित भएका छन्।

आइतबार भएको उपाधि भिडन्तमा इंग्ल्यान्डसँग बाउन्ड्रीको आधारमा पछि पर्दा न्युजिल्यान्ड उपविजेतामै सीमित बनेको थियो।

विलियमसन प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको चौथो स्थानमा रहे। उनले ५७८ रन जोडे। उनले ९ इनिङ ब्याटिङ गर्दा २ शतक र २ अर्धशतक प्रहार गरे।

बढी रन बनाउने पाँच खेलाडी
रोहित शर्मा (भारत) -६४८ रन
डेभिड वार्नर (अस्ट्रेलिया) -६४७ रन
सकिब अल हसन (बंगलादेश) -६०६ रन
केन विलियमसन (न्युजिल्यान्ड) -५७८ रन
जोए रुट (इंग्ल्यान्ड)- ५५६ रन

बढी विकेट लिने खेलाडी
मिचेल स्टार्क (अस्ट्रेलिया) – २७ विकेट
लकी फर्ग्युसन (न्युजिल्यान्ड) – २१ विकेट
जोफ्रा आर्चर (इंग्ल्यान्ड) – २० विकेट
मुस्ताफिजुर रहमान (बंगलादेश) – २० विकेट
जसप्रित बुमराह (भारत) – १८ विकेट

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

एसोसिएटेड प्रेस समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि संयुक्त राज्य अमेरिकाले इजिप्ट, लेबनान र जोर्डनका मुस्लिम ब्रदरहुड संगठनहरूलाई "आतंकवादी" समूहको…

प्रतिकृयाहरू
...