Sunday 27th September 2026

अनेसासको नवौं वार्षिकोत्सव एवम् २०६ औ भानु जयन्ती विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न


तितोपाटी – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले आफ्नो नवौं वार्षिक उत्सव एवम् २०६ औ भानु जयन्ती हिँजो १२ जुलाइ शुक्रबारको दिन एक समाहरोको आयोजना गरि मनाएको छ । कुबेतका लागि महामहिम राजदुत दुर्गा प्रसाद भन्डारीले दिप प्रज्वलन गरि उद्घाटन गरेको उक्त कार्यक्रममा बार्सिकउत्सवको केक समेत काटिएको थियो ।

आदिकवि भानुभक्तको फोटोमा माल्यर्पण संगै कार्यक्रमलाइ अघि बढाईएको थियो  भने अनेसास कुवेत च्याप्टरका अध्यक्ष हिमाल अन्जानको अध्यक्षता र राज श्रेष्ठको सन्चालनमा सम्पन्न कार्यक्रममा उपस्तिथित सबैको मन्तव्य साहित्यक शब्दबाट कार्यक्रम संयोजक गोविन्द प्रसाद तिम्सिनाले स्वागत गरेका थिए । साहित्यिक श्रष्टाहरूको रचना बाचनले कार्यक्रममा छुट्टै रौनक थपेको थियो ।

कार्यक्रममा नेपाली दूतावास कुबेतका श्रम सहचारी ज्ञानेन्द्र शर्मा, तिलाचन बस्याल, प्रबिन गिरी, पुर्णिामा बुढा मगर, बिजय आउजी ” अन्जान”, बद्री न्यौपाने ” बैरागी”, अमित राई, केशर तामाङ, शृजना पाण्डेय, प्रेम कटवाल “जिजीविषा”, हरि कडेल, माधब पौडेल ” असल यात्री “, निरुमाया खड्का, गोबिन्द प्रसाद तिम्सिना र राज श्रेष्ठ लगायतले रचना बाचन गरेका थिए ।कार्यक्रममा माउन्ट एभरेष्ट क्लबका अध्यक्ष ईन्द्र पोख्रेल, पत्रकार महा संघ कुबेतका उपाध्यक्ष नबराज पन्थी, एन आर एन ए कुबेत कि अध्यक्ष सुमित्रा पौडेल, जन-जागृति युवा समाज कुवेतका अध्यक्ष टिकाराम आचार्य, अग्रज ब्यक्तित्व कुमार झापाली लगायतले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा गोबिन्द प्रसाद तिम्सिना, केदार नाथ खरेल, मान ब बलायर, राजेन्द्र बिरही, जानकी विश्वकर्मा, रोजिना ढुंगाना, रुपेन्द्र बिक्रम हमाल र नैना कला राई लगायत कुबेतबाट संचालित नेपाली मिडियाहरुलाई समेत सम्मानित गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ। हिमपहिरोमा परेर मानवीय क्षति भएको आशंका गरिएको छ। सशस्त्र…

आजदेखि हिन्दु धर्मावलम्बीहरूले पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु गरेका छन्। यस अवधिमा दिवंगत पूर्वजहरूको सम्झना गर्दै तर्पण, पिण्डदान, जल अर्पण, दान…

अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा सुरक्षा बलले मानव तस्करीको प्रयास विफल पार्दै ११३ जनाको उद्धार गरेको छ। प्रहरीका अनुसार ६ जना…

प्रतिकृयाहरू
...