तितोपाटी – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले आफ्नो नवौं वार्षिक उत्सव एवम् २०६ औ भानु जयन्ती हिँजो १२ जुलाइ शुक्रबारको दिन एक समाहरोको आयोजना गरि मनाएको छ । कुबेतका लागि महामहिम राजदुत दुर्गा प्रसाद भन्डारीले दिप प्रज्वलन गरि उद्घाटन गरेको उक्त कार्यक्रममा बार्सिकउत्सवको केक समेत काटिएको थियो ।
आदिकवि भानुभक्तको फोटोमा माल्यर्पण संगै कार्यक्रमलाइ अघि बढाईएको थियो भने अनेसास कुवेत च्याप्टरका अध्यक्ष हिमाल अन्जानको अध्यक्षता र राज श्रेष्ठको सन्चालनमा सम्पन्न कार्यक्रममा उपस्तिथित सबैको मन्तव्य साहित्यक शब्दबाट कार्यक्रम संयोजक गोविन्द प्रसाद तिम्सिनाले स्वागत गरेका थिए । साहित्यिक श्रष्टाहरूको रचना बाचनले कार्यक्रममा छुट्टै रौनक थपेको थियो ।
कार्यक्रममा नेपाली दूतावास कुबेतका श्रम सहचारी ज्ञानेन्द्र शर्मा, तिलाचन बस्याल, प्रबिन गिरी, पुर्णिामा बुढा मगर, बिजय आउजी ” अन्जान”, बद्री न्यौपाने ” बैरागी”, अमित राई, केशर तामाङ, शृजना पाण्डेय, प्रेम कटवाल “जिजीविषा”, हरि कडेल, माधब पौडेल ” असल यात्री “, निरुमाया खड्का, गोबिन्द प्रसाद तिम्सिना र राज श्रेष्ठ लगायतले रचना बाचन गरेका थिए ।कार्यक्रममा माउन्ट एभरेष्ट क्लबका अध्यक्ष ईन्द्र पोख्रेल, पत्रकार महा संघ कुबेतका उपाध्यक्ष नबराज पन्थी, एन आर एन ए कुबेत कि अध्यक्ष सुमित्रा पौडेल, जन-जागृति युवा समाज कुवेतका अध्यक्ष टिकाराम आचार्य, अग्रज ब्यक्तित्व कुमार झापाली लगायतले मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा गोबिन्द प्रसाद तिम्सिना, केदार नाथ खरेल, मान ब बलायर, राजेन्द्र बिरही, जानकी विश्वकर्मा, रोजिना ढुंगाना, रुपेन्द्र बिक्रम हमाल र नैना कला राई लगायत कुबेतबाट संचालित नेपाली मिडियाहरुलाई समेत सम्मानित गरिएको थियो ।