Saturday 11th January 2025

श्रीकृष्णलाई सम्झन छुट दिनेसँग विवाह गर्छु – श्वेता खड्का


अभिनेत्री श्वेता खड्काले श्रीकृष्ण श्रेष्ठको ‘कहाँ भेटिएला’बाट नेपाली फिल्ममा डेब्यु गरिन् । श्रीकृष्णकै अर्को फिल्म ‘कोहिनुर’ खेलेपछि उनीहरूले बिहे गरे । तर, विवाहको एक महिनामा नै श्रीकृष्णको निधन भयो । त्यसपछि विक्षिप्त बनेकी श्वेता अहिले नयाँ जीवन बाँचिरहेकी छिन् । उनी ‘श्वेता श्री फाउन्डेसन’मार्फत माझी बस्ती निर्माण पनि गरिरहेकी छिन् । श्वेतासँग उनको अबको जीवनबारे नवीन प्यासीले सोधखोज गरेका छन् :

तपाईंसँग अझै लामो जीवन बाँकी छ । अबको यात्रा कसरी गर्नुहुन्छ ? 
म आजका लागि बाँच्छु । आज जसरी पनि खुसी हुने प्रयत्न गर्छु । भोलि के हुन्छ, सोच्दै सोच्दिनँ । अरूले के भन्छ, सोच्छ पनि ख्याल गर्दिनँ । उहाँ (श्रीकृष्ण श्रेष्ठ)ले मलाई यसरी अधुरो बाटोमा छाडेर जानुहुन्छ भनेर कसरी थाहा हुन्छ ? श्रीकृष्ण श्रेष्ठसँग विवाह हुन्छ भनेर पनि थाहा थिएन नि । एक महिनामा फिक्स भएर विवाह भयो । इन्टरकास्ट, उमेरको ग्यापलगायत हरेक कुराले हाम्रो विवाह नहुनुपथ्र्यो । तर, भयो । भोलिको कुरा कसलाई के थाहा ?

हिजोको जीवन त सकियो । अबको दिनमा त नयाँ सपना र सोच चाहियो नि, होइन ?
पहिलाको श्वेता त उहाँले छाडेर गएको दिन नै जलेर मरिसकी । म अर्को श्वेता जन्मेकी हो । अहिले नयाँ जे पनि सोच्न सक्छु । मेरो जीवनमा जे पनि हुन सक्छ । पहिलाको जिन्दगीको त्यो गाडी, त्यो लुकिङ मिरर हेर्न छाडिसकेँ, जुन बाटोमा मेरा पछाडिका घटना देखिन्छन् । त्यही भएर म फ्रेस श्वेता हो । मैले फिल्म पनि बनाएँ र दर्शकको मन जितेँ । बस्ती पनि बनाउँदै छु । जे गर्दै छु, नयाँ गर्दै छु ।

तर, हामी त यादहरूमा बाँच्छौँ । फ्रेस श्वेताले विगतलाई कसरी सन्तुलनमा राख्लिन् ? 

नसुक्ने घाउ, नमेटिने दाग त जीवनमा कति हुन्छन् कति । मेरो विवाह भएको दिन २३ असार हो । उहाँलाई खुबै मिस गरेँ । त्यो पल जुन दिन आउँछ, गाह्रो हुन्छ । कसैले उहाँको कुरा गरिदियो भने पनि एकदम गाह्रो हुन्छ । मैले बिर्सिएकी छैन । तर, अब बिर्सिएकी छैन भनेर अगाडि नबढ्ने कुरा पनि त हुन्न ।

यदि मेरो विवाह भइहाल्यो भने उहाँलाई राख्ने स्पेस सिर्जना गर्न नसक्नेसँग हुँदैन । मेरो नयाँ घरमा पनि उहाँको तस्बिर राख्न पाउनुपर्छ । उहाँको जन्मदिन हरेक वर्ष सेलिब्रेट गर्न छुट दिने मान्छे आए विवाह गर्छु ।

अहिलेको जीवन पाउनुमा श्रीकृष्ण श्रेष्ठको भूमिका छ ? 
श्वेता आज पीडा भुलेर पनि यति बलियो भएर हिँडेकी छे नि, मात्र उहाँको कारणले हो । मेरो बारेमा उहाँले दिनुभएको अन्तर्वार्ता अहिले पनि हेर्छु । मैले उहाँलाई बिजनेसमा प्रवेश गराएँ, उहाँले मलाई फिल्ममा प्रवेश गराउनुभयो । हामी दुवैजना दुवै फिल्डमा सफल भयौँ । उहाँले ‘केटी मान्छे घरमा सीमित भएको मन पर्दैन, केटाजस्तो हुनुपर्छ । केटा मान्छेले दशपटक कोसिस गर्दा नहुने काम केटी मान्छेको एउटा कोसिसले हुन्छ,’ भन्नुहुन्थ्यो । मलाई हरेक कुरामा उहाँले चलाख बनाउनुभयो । उहाँ मेरो इन्स्पिरेसन हो ।

अब पनि श्रीकृष्णलाई सम्झँदा आगामी जीवनमा नकारात्मक प्रभाव पर्दैन ? 
हाम्रो समाज यति साँघुरो छ कि मजस्तीको पनि कुरा काट्छ । म एकल महिला । मलाई हेर्ने नजर अझै पनि राम्रो छैन । पहिला सिंगल हुनु र विवाहपछि सिंगल हुनुमा एकदम फरक छ । रमाइलो गर्दा, पार्टीमा जाँदा, केटा मान्छेहरूसँग यात्रा गर्दा, आफ्नो बिजनेस पार्टनरसँग मिटिङ गर्दा पनि प्रश्न उठाइन्छ । म उहाँहरूको छोरीजस्तो त हो । उहाँले छाडेर गए पनि मैले उहाँले चाहेको जस्तो जीवन जिउन सक्दिनँ ? उहाँ भइदिएको भए म अर्कै हुन्थेँ होला । अहिले म एकदम मजाले बाँच्न चाहन्छु । म मरेको भए के पाउँथेँ त ?

यदि भोलि विवाह भइहाल्यो भने श्रीकृष्ण श्रेष्ठलाई बिर्सनुहुन्छ ? 
यदि मेरो विवाह भइहाल्यो भने उहाँलाई राख्ने स्पेस सिर्जना गर्न नसक्नेसँग हुँदैन । मेरो नयाँ घरमा पनि उहाँको तस्बिर राख्न पाउनुपर्छ । उहाँको जन्मदिन हरेक वर्ष सेलिब्रेट गर्न छुट दिने मान्छे आए विवाह गर्छु । उहाँ मेरो विगत हो । मेरो विगतलाई स्वीकार गर्न नसक्ने मान्छेसँग विवाह हुँदैन । मेरो प्रत्येक पलमा उहाँबारे बोल्दा तारिफ गर्ने मान्छेसँग हुनुपर्छ । धनले, रूपले मलाई अर्थ राख्दैन । मन राम्रो भएको मान्छेसँग अवश्य जोडिन सक्छु ।

नयाँपत्रिकाबाट


सम्बन्धित शीर्षकहरु

जर्मनीको रामस्टेन एयर बेस: बसर अल असदको सरकारलाई अपदस्थ गरेपछि दाइस समूह (जसलाई आईएसआईएस पनि भनिन्छ) लाई प्रमुख खतराको रूपमा…

विस्कॉन्सिन विश्वविद्यालय-म्याडिसनका इन्जिनियरहरूले फ्युजन रिएक्टर भित्रको कठोर अवस्थाको सामना गर्न सक्ने नयाँ वर्कहर्स सामग्री उत्पादन गर्न स्प्रे कोटिंग प्रविधि प्रयोग…

च्याट जीपीटी निर्माता ओपनएआईका सीईओ साम अल्टम्यानलाई उनकी बहिनीले यौन शोषणको आरोप लगाएकी छन्। यस मामिलामा सामकी बहिनी एन ओल्टम्यानले…

प्रतिकृयाहरू
...