Friday 5th December 2025

गायक बसन्त परियारको नयाँ लोक दोहोरी गीत बजारमा


तितोपाटी – रोजगारीको शिलशिलामा कुवेत आएका अर्घाखाँची मलरनी गाँउपालिका – ६ स्थायी घर भएका गायक बसन्त परियार पछिल्लो समय नेपाली गीत संगीतका पारखीहरुको मन मुटुमा बस्न सफल भएका छन । हालसालै नयाँ लोक दोहोरी गीत हाम्रो जिल्ला अर्घाखाँचीमा बोलको गीत अब छिट्टै बजारमा आउने भएको  छ ।  उक्त गीतमा गायक बसन्त परियारको स्वर, लय र शब्द रहेको छ भने गायिका सुनिता परियारले साथ दिएकी छिन ।

सानै उमेर देखी गीत संगीतमा रुची राख्दै आएका गायक बसन्त परियारको आधा दर्जन भन्दा बढी गीतमा स्वर तथा लय दिएका छन । कुवेतको नेपाली समाजमा आयोजित हरेक सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुतीहरु दिदै आएका सफल गायक नेपालकुवेत साँस्कृतिक मञ्चका सदस्य पनि हुन ।

उक्त नयाँ लोक दोहोरी हाम्रो जिल्ला अर्घाखाँचीमाको बोलको गीतलाई नेपालकुवेत साँस्कृतिक मञ्चका अध्यक्ष गोबिन्द बराल र नेहा राईले बिशेष सहयोग गरेका छन । भने उक्त गीत लाई उत्पादक तथा वितरक अघांदवार फिल्मस प्राली सामाखुशी काठमाडौंले गरेको छ ।


सम्बन्धित शीर्षकहरु

भारतको नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय डीजीसीए (DGCA) ले इन्डिगो एयरलाइन्ससँग उत्पन्न विवाद र यात्रु सेवासँग सम्बन्धित समस्याहरू समाधान…

सुडानका सेना प्रमुख अब्देल फताह अल-बुरहानले बिहीबार अल अरेबियालाई बताएअनुसार अर्धसैनिक समूहले हतियार नराखेसम्म र्‍यापिड सपोर्ट फोर्सेस (RSF) सँग कुनै…

इजरायली सेनाले बिहीबार भनेको छ कि उसको सेनाले दक्षिणी गाजाको रफाह मुनि सुरुङमा फसेका लगभग ४० हमास लडाकूहरूलाई मारेको छ,…

प्रतिकृयाहरू
...