Friday 24th May 2024

गर्मी माैसममा खरबुजा खानुको फाइदै फाइदा


तितोपाटी – यतिखेर बजारमा छ्यासछ्यास्ती खरबुजा बेच्न राखेको पाइन्छ । यो खरबुजा पाइने सिजन पनि हो । गर्मीमा झोलिलो पदार्थ सेवन गर्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ । शरीरलाई भित्रि रुपमा चिसो बनाउन गर्मी मौसममा हामी विभिन्न उपाय अपनाउछौं । त्यसमध्ये खरबुजा खानु अति राम्रो उपाय हो किनकी खरबुजामा ९० पानीको मात्रा हुन्छ । मौसमी फल खरबुजा मिठो र स्वादिष्ट हुन्छ । यसले केहि हदसम्म शरीरलाई चिसो बनाउन पनि मद्धत गर्दछ । खरबुजा स्वास्थ्यका लागि पनि लाभकारी फल हो ।

खरबुजा कुकर्बिटासिया वर्गमा पर्ने लहरे तथा फूल फुल्ने बिरुवा हो । खरबुजामा फस्पोरस, पोटासियम, म्याग्नेसियम, सोडियम, क्याल्सियम, आईरन, भिटामिन बि तथा ई पाईन्छ। यसको सेवनले शरीरमा भिटामिनको कमि पूरा गर्छ। खरबुजाले शरीरको तौल घटाउनुका साथै मृगौलाको समस्या हटाउन पनि सहयोग पुर्याउँछ । जन्डिस टाईफाईड तथा उच्चरक्तचापमा पनि खरबुजाको सेवन लाभदायकसिद्ध हुन्छ । खरबुजा गर्मीको लोकप्रिय फल हो जसलाइ सामान्यतः स्लाइसहरूमा, मिश्रित फल सलादमा र जुसको रूपमा खाने गरिन्छ । खरबुजामा प्रशस्त मात्रामा पानी हुने भएकोले गर्मी मौसममा यसको सेवनले पानीको कमी हुनबाट बचाउछ र डिहाइड्रेशन हुँदैन् । गर्मीमा कोल्ड ड्रिङक्स पिउनुभन्दा खरभुजा खानु उत्तम हुन्छ । खरबुजा खानाले विभिन्न फाइदाहरु हुने गर्दछन् ।

यस्ता छन् खरबुजा खाँदा हुने फाइदाहरु:

आँखाको रोशनी बढाउन सहयोगी

खरबुजा आँखाको लागि पनि फाइदाजनक फल हो, यसकारण गर्मीमा यसको भरपुर प्रयोग गर्नुस् । खरबुजामा भिटामिन ‘बि’ र ‘सि’ प्रशस्त मात्रामा पाइन्छ ,यसै कारण यसले आँखाको रोशनी बढाउन मदत गर्दछ । यसमा भारी मात्रामा बीटा कैरोटिन हुन्छ जुन शरीरमा गएर भिटामिन ए मा परिवर्तन हुन्छ । यो भिटामिनले आँखाको रेटिनाको माशंपेशीलाई मजबुत बनाउछ, जसले लामो समयसम्म आँखालाई ठिक तरिकाले काम गर्न सघाँउछ ।

छाला हड्डि र माशंपेशीको लागि

खरबुजामा धेरै पौष्टिक तत्वहरु पाइन्छ, त्यसैले यो शरीरको सबै हिस्साको लागि फाइदाजनक छ । खरबुजामा भएको भिटामिन‘ सि’ ले शरिरमा भएको फ्रि रेडिकल्सलाई नास गर्दछ जसले छाला स्वस्थ रहन मद्धत गर्दछ । यसले छामलामा उमेरको प्रभाव कम गराउन मदत गर्दछ । भिटामिन ‘सि’ हाड र माशंपेशीको लागि धेरै फाइदाजनक छ । खरबुजा खाने मात्र होइन लगाउँदा पनि फाइदा हुन्छ । यसमा भएको एन्टीअक्सिडेन्ट तत्वले छालामा निखार ल्याउनुको साथै छालालाइ रूखो हुनबाट बचाउँछ ।

तौल घटाउँछ

खरबुजामा थोरै मात्रामा मात्र चिल्लो पदार्थ हुन्छ, यसकारण यसको सेवनले तौल बढाउदैन । यसमा कार्बोहाइड्टको मात्रा धेरै हुन्छ । यसमा भएको सुगर सजिलै शरिरमा इनर्जी दिन्छ तर तौल बढाउदैन् । सुगरको धेरै तौल यसमा भएको पानीमा हुन्छ । यस कारण यो खादा पेट भरिएको जस्तो लाग्छ । तर भारिपन लाग्दैन । यसमा फाइवरको मात्रा धेरै हुन्छ ,यसकारण तौल घटाउनमा सहयोग गर्दछ ।

मुटुका रोगीलाई फाइदाजनक

खरबुजा खानेले मुटुको बिरामीबाट बचाउछ । खरबुजामा एडिनोसिन हुन्छ । जसले शरीरमा रगतलाई पातलो बनाउछ । यसबाट रगतलाई जम्ने तथा गाढा हुने खतरा हुदैन र रक्तसंचारलाई सन्तुलित गराउछ । खरबुजामा भएको पोटासियमले मुटुका विरामी जस्तै हार्ट अट्याक, कार्डिएक अरेस्ट, स्ट्रोक आदिबाट बचाउदछ । यसकारण खरबुजाको प्रयोग तपाईको मुटुका लागि पनि फाइदाजनक छ ।

क्यान्सरबाट बच्नका लागि

कयौ शोधहरुका अनुसार खरबुजामा पाइने तत्वले प्रोस्टेट क्यान्सर, ब्रेस्ट क्यान्सर र पेटमा हुने क्यान्सरको खतरा कम गर्दछ । त्यसैले गर्मी मौसममा खरबुजा सेवन गर्नाले क्यान्सरबाट बच्न पनि सहयोग गर्छ ।

मृगाैलाको लागि

किड्नीका लागि पनि खरबुजा राम्रो मानिन्छ । किनभने खरबुजा त्यो फलमध्येमा पर्दछ, जसमा पानीको मात्रा धेरै नै बढी हुन्छ । चिया, कफी, कोल्ड ड्रिङ्क जब किड्नीमा गएर फिल्टर हुन्छ तब त्यसले कयौ हानिकारक तत्व पनि छोडेर जान्छन् तर खरबुजाको रस जब फिल्टर हुन पुग्दछ तब आफ्नो साथमा कयौ प्रकारका भिटामिनका फाइदा लिएर जान्छ ।

आँखाका लागि

आँखाका लागि पनि खरबुजा उत्तम मानिन्छ ।


सम्बन्धित शीर्षकहरु

शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका बुद्धको…

नेपाल मगर संघ शाखा कुवेतले आगामी १४ जुन २०२४ का दिन आयोजना गर्न गईरहेको शहिद लखन थापा मगर रनिङ शिल्ड…

सेन्ट पिटर्सबर्ग शहरको अदालतका लागि प्रेस सेवाका अनुसार रूसी भौतिकशास्त्री अनातोली मास्लोभलाई देशद्रोहको दोषी ठहराइएको छ। मंगलबार उनलाई पेनल कालोनीमा…

प्रतिकृयाहरू
...