Sunday 25th October 2026

अनेसास कुवेतको ९औं बार्षिक उत्सव तथा २०६औं भानु जयन्ती कार्यक्रमको तयारी पुरा


तितोपाटी – अनेसास कुवेत च्याप्टरले अनेसास कुवेतको ९औं बार्षिक उत्सव तथा २०६औं भानु जयन्ती कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । करिब एक दशक देखि कुवेतमा रहेको नेपाली समुदाय माझमा नेपाली भाषा र साहित्य प्रवर्धन र विकासको लागि सक्रियताका साथ लागि रहेको अन्तर्राष्ट्रय नेपाली साहित्य समाज कुवेतले यस अघि नै ९औं बार्षिक उत्सव मनाउने भने पनि विविध कारणले रोकिएपछि नजिकिंदै गरेको भानु जयन्तिको अवसर पारेर वार्षिक उत्सव र भानु जयन्ती एक साथ मनाउन लागेको कुरा कार्यक्रमका संयोजक गोविन्द प्रसाद तिम्सिनाले तितोपाटी डट कम लाइ बताए ।

अनेसास कुवेत च्याप्टरले ९औं बार्षिक उत्सव तथा २०६औं भानु जयन्ती कार्यक्रम यहि आउदो १२ जुलाई २०१९ शुक्रबारका दिन आयोजना गर्न लागेको उक्त कार्यक्रममा साहित्य प्रति रूचि राख्ने सबै साहित्य अनुरागी मित्रहरूलाई  आ-आफ्नो रचनाहरु लिएर उपस्थित भैदिन हार्दिक अनुरोध गरेको छ ।

उक्त वार्षिक उत्सब, भानु जयन्ति र रचना वाचन कार्यक्रममा उपस्थित भइ कार्यक्रमको शोभा बढाइदिन तथा सभ्य र भव्यताका साथ सफल पारिदिन कुवेतमा कृयाशिल संघ सँस्थाका पदाधिकारी, प्रतिनीधि, पत्रकार, समाजसेवी, वुद्धिजीवि तथा सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको गरिमामय उपस्थितिको लागि सादर निमन्त्रणा निमन्त्रणा गरेको छ ।

कार्यक्रमको विवरणः

स्थान :- पपिन्स हल जलिब, कुवेत ।
मिति :- १२ जुलाई २०१९ , शुक्रबार ।
समय :- दिनको ठिक १२:३० बजे ।

आयोजकः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टर ।

हिमाराज न्यौपाने “अन्जान”
अध्यक्ष
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत

प्रसाद तिम्सीना
कार्यक्रम संयोजक
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

युक्रेनका राष्ट्रपति Volodymyr Zelenskyy ले देशका विभिन्न क्षेत्रमा इन्टरनेट सेवाको गति अपेक्षित स्तरमा पुगेको बताएका छन्। उनले सामाजिक सञ्जाल एक्स…

प्रतिकृयाहरू
...