Thursday 1st October 2026

चीनमा आँधीको कारण ६ जनाको मृत्यु, ११० भन्दा बढि घाइते


तितोपाटी – चीनको उत्तरपूर्वी प्रान्त ल्याओनिङमा जुलाई ३ तारिख बुधबार आएको आँधी बाट ६ जनाको मृत्यु हुनुकासाथै ११० जना भन्दा बढि घाइते भएका छन् । ल्याओनिङ प्रान्तको खाइयुआन शहरमा बुधबार दिउँसो ५ बजेर १५ मिनेट जाँदा आएको तोर्नेदो नामको आँधीले शहरको आर्थिक विकास क्षेत्रलगायत आवासीय भवनमा ठूलो क्षति पुर्‍याएको छ । करिब १५ मिनेटसम्म आएको तोर्नेदोको गति २३ मिटरप्रति सेकण्ड थियो ।

तोर्नेदो वायुको विशाल स्तम्भको रूपमा आकाश छेडन गर्दै गएको भयानक भिडियो भाइरल बनेको छ । उक्त प्राकृतिक प्रकोपपछि खाइयुआन शहरले तुरुन्तै दुई तहको आकस्मिक उद्धार शुरु गरेको छ । हाल उद्धार दल, आकस्मिक सेवा, चिकित्सा क्षेत्रलगायत सबैलाई उद्धार कार्यमा संलग्न हुन स्थानीय सरकारले निर्देशन दिएको छ । हालसम्म २१० जना प्रभावित मानिसको उद्धार गरिसकेको छ । साथै चीनको हाइनान प्रान्तमा मुन नामक ताइफुन आएको छ । प्रान्तीय जलवायु विभागले चीनमा यस वर्षको यो पहिलो आँधी भएको उल्लेख गरेको छ ।

हालसम्म कुनै जनधनको क्षति नभएको र डुंगा सेवा स्थगित गर्नुका साथै हवाई उडान रद्द वा विलम्ब गरेको जनाइएको छ । साथै सम्भावित क्षेत्रका स्थानीयलाई सतर्क रहन सूचना जारी गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...