Monday 13th April 2026

“नेपाल स्टार मोडल-२०१९” को उपाधि मल्लिका बु्ढाथोकीले हात पारिन


तितोपाटी – सिद्धि मिडियाको आयोजनामा भएको ‘नेपाल्स स्टार मोडेल– २०१९’ को उपाधि मल्लिका बुढाथोकीले जितेकी छन् । मोस्ट ब्युटिफुल उपाधिसमेत हात परेकी बुढाथोकी १५ प्रतियोगीलाई पछि पार्दै शीर्ष विजेता हुन सफल भएकी हुन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित अन्तिम स्पर्धामा सिर्जना मैनाली फस्ट रनर अप र सुभास तामाङ सेकेन्ड रनर अप घोषित भए । मैनालीले बेस्ट वाक, मोस्ट फ्रेन्ड्ली उपाधिसमेत हात पार्दा तामाङले मोस्ट कन्फिडेन्ट उपाधिमा चित्त बुझाए ।

उक्त प्रतियोगितामा सागर श्रेष्ठले मल्टिमिडिया च्वाइस, भ्युयुर च्वाइस्, मोस्ट पपुल र मोस्ट ट्यालेन्टसमेत गरी चार उपाधि हात पारे । पूर्वप्रधानसेनापति रुक्मांगद कटुवाल मुख्य अतिथि रहेको कार्यक्रममा अभिनेत्री सञ्चिता लुइँटेल, समाजसेवी कृष्ण देवकोटा, नेपाल्स् चब्बी मोडलकी फस्ट रनरअप मीनु तामाङ, जिना ताम्राकार, अनिलवीरसिंह तुलाधर प्रतियोगिताको निर्णायक थिए ।

१६ देखि ४० वर्षसम्मका विवाहित, अविवाहित विद्यार्थी, गृहणी, कामकाजी व्यक्ति, शिक्षक, कर्मचारी, व्यवसायी लगायतको व्यक्तित्व विकासका लागि उपयुक्त प्लेटफर्म दिने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको आयोजक सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले बताए । सचु गुरुङको कोरियोग्राफी रहेको प्रतियोगितामा सांगीतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...