काठमाडौं– यो वर्षको गाईजात्रा छेका पारेर आगामी भदौ महिनाबाट कान्तिपुर टेलिभिजनबाट प्रतियोगिता मुलक कमेडी रियालिटी शो (हास्यप्रधान) कार्यक्रम ‘कमेडी च्याम्पिएन’ प्रशारण हुने भएको छ । ‘३ प्रोडक्सन’ले निर्माण गर्न लागेको कार्यक्रमका निर्देशक बिशाल भण्डारी हुन् । ‘३ प्रोडक्सन’ले राजधानीमा एक कार्यक्रमको आयोजना सहित ‘कमेडी च्याम्पिएन’को विभिन्न पक्षबारे जानकारी दियो ।
प्रतियोगितामा बरिष्ट हास्यव्यँग्य अभिनेता सन्तोष पन्त, हास्य अभिनेता मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई निर्णायक रहेका छन् । बिदेशी हास्य कार्यक्रमको यो कुनै फ्रेन्चाईज नभएको दाबी निर्देशक भण्डारीले गरेका छन् । भण्डारीले भने, ‘यो कार्यक्रममा भाग लिन गुगल प्लेस्टोरमा गएर कमेडी च्यम्पिएनको एप्स मोवाईलमा डाउनलोड गर्ने ।
त्यसपछि नेपालबाट सम्पादन नगरिएको ३ मिनटको स्ट्यान्डप कमेडी भिडियो र विदेशबाट ५ मिनटको सम्पादन नभएको स्ट्यान्डप कमेडी भिडियो आयोजक पक्षलाई पठाउनुपर्ने छ ।’ यिनै भिडियोलाई हेरेर निर्णायकले चयन गरेको आधारमा उत्कृष्ट भएकाहरुले विभिन्न शहरमा कमेडी च्यम्पियनसिपको अडिसन आफुहरु सहभागी हुन पाउने छन् ।
अडिसनबाट चयन भएकाहरुमध्ये उत्कृष्ट २५ बाट उत्कृष्ट १५ हुँदै उत्कृष्ट ३ लाई फाईनलमा उतार्ने पनि कार्यक्रम निर्देशक भण्डारीले जानकारी गराए । उत्कृष्ट तीनबाट दर्शकको भोट र निर्णायकको निर्णयको आधारमा एक जनालाई उत्कृष्ट कमेडी च्यम्पिएन घोषणा गरिने छ ।
कमेडी च्याम्पियनको उपाधि बिजेताले २५ लाख रुपैयाँ बराबारको कार र २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । अभिनेत्री रिमा विश्वकर्माले सञ्चालन गर्ने कार्यक्रमको निर्माता अभिनेत्री केकी अधिकारीसहित राज घिमिरे र सृजा थपलिया रहने छन् ।
-रातोपाटीबाट