Thursday 19th March 2026

संखुवासभामा विप्लव समुह र प्रहरीविच भिडन्त, सेनाको हेलिकप्टरबाट थप सुरक्षाकर्मी परिचालन


तितोपाटी – संखुवासभामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएपछि घटनास्थलतर्फ थप सुरक्षाकर्मी पठाइएको छ । सुरक्षाका लागि गस्तीमा रहेको प्रहरी टोली र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएपछि थप टाेली लिएर नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट थप सुरक्षाकर्मी परिचालन गरिएको छ। सोमबार बिहान करिब साढे ९ बजे सिलिचोङ गाउँपालिका–१ ह्वाङलामा दुबैपक्षबीच गोली हानाहान भएपछि थप टोली लिएर सेनाको हेलिकप्टर थप टाेलि लिएर संखुवासभा गएकाे हाे।

सहायक प्रहरी निरिक्षक उमेष थापाकाे कमाण्डमा १५  र नेपाल प्रहरीकाे प्रहरी सहायक निरिक्षककाे कमाण्डमा १० जनाकाे टाेलि लिएर काठमाडौंबाट नेपाली सेनाको एमआई १७ हेलिकप्टर दिउँसाे १२ बजे गएकाे हाे। सुरक्षा निकायले दिएकाे जानकारी अनुसार दिउँसाे १२:१५ बजे नेपाली सेनाको एमआई १७ हेलिकप्टरद्धारा प्रहरी निरिक्षक शेखरजंग मल्लको कमाण्डमा २५ जनाको टोली गएकाे हाे। त्यस्तै दिउँसाे १ः ४० बजे वाङ्ला भन्ने स्थानमा एउटा हेलिकप्टर ल्याण्ड भएको र दिउँसाे २ः०५ बजे सोही स्थानमा अर्को हेलिकप्टर ल्याण्ड गरी प्रहरी कमाण्डहरुलाई झारेर हेलिकप्टर विराटनगर गएकाे हाे।

संखुवासभाको सिलिचुङ गाउँपालिका–१ होयाङग्लामा गस्तीमा रहेको प्रहरी टोलीमाथि विप्लव समूहका कार्यकर्ताले फायरिङ गरेपछि भिडन्त हुन पुगेको थियो । यद्यपि दुबै पक्षतर्फ कुनै क्षति नभएको भएपनि सो क्षेत्रमा विप्लव समूहको गतिविधि बढेको निश्कर्षसहित सुरक्षाकर्मी परिचालन गरिएको हो । प्रहरी स्रोतका अनुसार नेपाली सेनाको हेलिकप्टरसहित प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको टोली घटनास्थलमा परिचालन गरिएको छ । यता सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा पनि २५ जनाको टोली खटाइएको छ ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...