Sunday 12th April 2026

भारत प्रशासित कश्मीरमा मिनिबस दुर्घटना हुँदा ३५ जनाको मृत्यु, १७ जना घाइते


तितोपाटी – भारत प्रशासित कश्मीरमा एउटा मिनिबस अनियन्त्रित भएर खोल्सामा खस्दा कम्तिमा ३५ जना यात्रुको मृत्यु भएको छ भने १७ जना घाइते रहेका छन् । जम्मूका आइजीपी एमके सिन्हाका अनुसार बसमा करीब ५५ यात्रु सवार थिए । यो घटना स्थानीय समयअनुसार बिहान ७ः३० बजे सिर्गवाडी क्षेत्रमा भएको थियो । बस सडकबाट करीब १५० मिटर तल खोल्सामा खसेको थियो ।

दुर्घटनापछि उद्दार टोलीले घाइते यात्रुहरुलाई नजिकैको अस्पतालमा पुर्याएका थिए । उनीहरुको अवस्था चिन्ताजनक रहेको बताइएको छ । त्यस्तै, १० जनालाई थप उपचारका लागि जम्मु पुर्याइएको छ ।

२७ जना यात्रु बोक्ने क्षमता रहेको बसमा अध्याधिक यात्रु भएको कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । अधिकारीहरुले यो दुर्घटना प्राविधिक कारणले भएको हो या ड्राइभरको कमजोरीले भएको भन्ने अनुसन्धान गरिरहेका छन् ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...