Thursday 1st October 2026

सिरहामा ट्रक र भ्यान ठोक्किंदा ३ जनाको मृत्यु, १५ जना घाइते


तितोपाटी – पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिका स्थित पड्रिया चोकमा सोमबार अपरान्ह म्याजिक भ्यानलाई ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ज ७४५४ नम्बरको म्याजिक भ्यानले पड्रिया चोकमा रोकेर यात्रु चढाउँदै गरेका बेला सोही दिशाबाट जाँदै गरेको ना८ ख २४१५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिन पुगेको थियो ।

ट्रकको ठक्करबाट म्याजिकमा सवार सिरहाको पुरानो चोहर्वा निवासी ४० बर्षीय गणपति महरा, सिरहाकै बरियारपट्टी गाउँपालिकाका ७० बर्षीया बचियादेवी राम र नाम ठेगाा नखुलेको एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जनाएको छ।

दुर्घटनामा अन्य १३ जना घाइते भएको र घाइतेहरुलाई उपचारको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल तथा नरसिंह होम र ६ जना गम्भीर घाइतेलाइ धरान पठाएको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...