Wednesday 11th March 2026

मोरङ्गमा एक युवकले तरकारी काट्ने चक्कुले आफ्नै लिंग छिनाए


किशोर बुढाथोकी, विराटनगर -मोरङको लेटाङ नगरपालिका-३ मिलन चोकका २२ वर्षीय सुनिल राईले बिहीबार दिउँसो आफ्नै लिंग काटेका छन्। तरकारी काट्ने चक्कुले लिंग छिनाएको प्रहरीले जनाएको छ। बुवा बुमा राईका अनुसार सुनिललाई जन्डिस सम्बन्धी पुरानो समस्या थियो। जन्डिसको समस्याले माानसिक रुपमै अस्वस्थ्य बन्दै गएका उनको यो क्रियाकलापले परिवारका सदस्य नै अचम्ममा परेका छन्। ‘जन्डिसको समस्याले एकोहोरो बन्दै गएको थियो’, बाबु बुमाले भने, ‘यो घटनाले परिवार नै अचम्ममा परेका छौँ।’

बुमाले घरमा परिवारका सदस्य कोही पनि नभएको अवस्थामा छोराले लिंग काटेको बाबुको भनाइ छ। विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि सुनिललाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ।

उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार उनको अवस्था खतरामुक्त भने छैन। प्रहरीका अनुसार अत्यधिक रक्तश्राव भएका कारण अवस्था गम्भीर बनेको हो। चिकित्सकले सिलाई गरेर लिंग जोड्ने प्रक्रिया सुरु गरेका छन्।

इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक योगराज खतिवडाका अनुसार ४ वर्षअघि बिहे गरेका सुनिलका ३ वर्षीय छोरा पनि छन्। ‘आफ्नो स्वास्थ्यमा समस्या रहे पनि पारिवारिक सम्बन्धमा कुनै खटपट र बेमेल रहेको पाइएन,’ उनले भने, ‘प्रारम्भिक अनुसन्धानबाट मानसिक अवस्था त्यति राम्रो नरहेको पाइएको छ।’

‘कहिलेकाही घर बाहिर जाँदा परिवारका सदस्यले खोजेर ल्याएको बुझियो’, खतिवडाले भने, मानसिक अवस्थाका कारण लिंग काटिएको हुन सक्छ।’बुधबारसमेत घर छोडेर हिँडेका सुनिललाई परिवारका सदस्यले साँझ घर फर्काएका थिए।

कहिलेकाही अत्यधिक मादक पदार्थ सेवन गर्ने सुनिलले घटनाका बेला मादक पदार्थ सेवन नगरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। कमजोर मानसिक अवस्थाका कारण घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

मोरङको लेटाङ नगरपालिका-३ मिलन चोकमा घटेको यो घटना बारे अन्नपूर्ण पोष्टमा सामाचार प्रकासित भएको छ ।


सम्बन्धित शीर्षकहरु

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

प्रतिकृयाहरू
...