Sunday 25th October 2026

मोरङमा अाज चट्याङ लागेर २ जनाको मृत्यु


तितोपाटी – मोरङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। अाज बुधबार दिउँसो करिब ३ बजे दोहमना बजारमा पानीसँगै परेको चट्याङले दुई जनाएको मृत्यु भएको हो। रंगेली नगरपालिका–९ का १४ का अभत ऋिषिदेव र १६ वर्षका अनिल ऋिषिदेवको मृत्यु भएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार उनीहरुको शव जिल्ला अस्पताल रंगेलीमा राखिएको छ।

वर्षादको माैसममा धेरै चट्याङ पर्नाले वर्षेनी नेपालमा ठुलो धनजनको क्षति हुने गरेको छ । करिब २ हप्ता अगाडि पनि बाँकेमा चट्याङ परेर ३९ घर जलेर नष्ट भएका थिए भने एक महिना अघि लमजुङमा एकै ठाउँमा २८ भेडाहरू चट्याङ लाग्दा मरेका थिए ।


सम्बन्धित शीर्षकहरु

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

प्रतिकृयाहरू
...