Friday 2nd October 2026

मोरङमा अाज चट्याङ लागेर २ जनाको मृत्यु


तितोपाटी – मोरङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। अाज बुधबार दिउँसो करिब ३ बजे दोहमना बजारमा पानीसँगै परेको चट्याङले दुई जनाएको मृत्यु भएको हो। रंगेली नगरपालिका–९ का १४ का अभत ऋिषिदेव र १६ वर्षका अनिल ऋिषिदेवको मृत्यु भएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार उनीहरुको शव जिल्ला अस्पताल रंगेलीमा राखिएको छ।

वर्षादको माैसममा धेरै चट्याङ पर्नाले वर्षेनी नेपालमा ठुलो धनजनको क्षति हुने गरेको छ । करिब २ हप्ता अगाडि पनि बाँकेमा चट्याङ परेर ३९ घर जलेर नष्ट भएका थिए भने एक महिना अघि लमजुङमा एकै ठाउँमा २८ भेडाहरू चट्याङ लाग्दा मरेका थिए ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...