Thursday 19th March 2026

कुवेतमा कार्यरत बिनोद दर्लामीद्वारा संकलित रकम पीडित सगरलाई हस्तान्तरण


तितोपाटी -कुवेतमा कार्यरत बिनोद दर्लामी द्वारा संकलन संकलित रकम, मृगौला पिडित सगर खडकालाई आर्थिक सहयोग गरिएको छ।

रामेछाप जिल्ला लिखुतामाकोसी गाउपालिका वडा न: ७ तिलकुम घर भएका १२ वर्षीय सागर खड्का लाई बिनोद दर्लामीको सक्रियतामा सोही कम्पनीमा कार्यरत नेपालीहरू बिच संकलित रकम ने रु ३० हजार ४ सय १४ रूपैयाँ पीडितलाई हस्तान्तरण गरिएको हो।

पीडित सागर बिगत दुइ वर्ष देखि उपचारर्थ रहेका थिए। उनको घरमा आमा बुबा र भाइ रहेका छन भने सागरको दुबै मृगौलाले काम गर्न छाडेपछि आर्थिक अवस्था नाजुक रहेको र उपचारमा समस्या परेकोले उपचारमा सहयोग पुगोस भन्ने हेतुले आफुहरुले श्रम गरेर कमाएको रकमको केहि हिस्सा कम्पनीमा कार्यरत साथीहरु द्वारा सोहि रकम संकलन गरेर सहयोग गरेको अभियन्ता दर्लामीले तितोपाटीलाई जानकारी दिएका छन्। उक्त अभियानमा साथ सहयोग दिनुहुने सम्पुर्णलाई दर्लामीले बिशेष धन्यवाद दिदै आभार प्रकट गरेका छन।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...