Wednesday 18th March 2026

ललितपुरमा २ जना किशोरीहरूलाइ बन्धक बनाइ बलात्कार


तितोपाटी – ललितपुरमा २ वटा छुट्टा छुट्टै घटनामा २ जना किशोरीहरूलाइ बन्धक बनाइ बलात्कार गरेको विषय सार्वजनिक भएको छ । प्राप्त समाचार अनुसार १३ र १४ वर्षका दुइ जना किशोरीहरूलाइ छुट्टा छुट्टै ब्यक्तिहरूले बन्धक बनाएर बलात्कार गरेका हुन । प्रहरीका अनुसार गतसाता महानगरीय प्रहरी वृत्त सातोबाटोमा दुई बालिका हराएको निवेदन पर्‍यो। प्रहरीको खोजतलासपछि उनीहरु बन्धक बनाइएको अवस्थामा भेटिए।

वृत्तका प्रमुख गौतम मिश्रका अनुसार जेठ ३२ गते घरबाट हराएकी १४ वर्षीया बालिका महालक्ष्मी नगरपालिका सानागाउँस्थित १९ वर्षे वीरेन्द्र कोलीको भाडाको कोठामा भेटिइन्। डडेल्धुरा घर भएका कोलीले विवाहको प्रलोभनमा पारेपछि बालिका परिवारलाई जानकारी नै नदिई घरबाट निस्किएकी थिइन्। बालिकाकी दिदीले प्रहरीमा उजुरी दिएपछि उनी असार ३ गते दिउँसो भेटिएकी थिइन्। कोलीले बालिकालाई कोठामा लगेर जबरजस्ती करणी गरेको ठहर भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शरीर बन्धक बनाई जबरजस्ती करणी गरेको कसुरमा मुद्धा दर्ता भई अनुसन्धान भइरहेको छ।

गतसाता नै यस्तै अर्को घटना घट्यो। महालक्ष्मी नगरपालिकाकै बोझेपोखरीस्थित एउटा घरको सटरमा १३ वर्षीया बालिका भेटिइन्। उनलाई मकवानपुरका विभुलाल जोशीले सटरभित्र लुकाएर राखेका थिए। बालिका ०६३ सालदेखि एक संरक्षण गृहमा बस्दै आएकी थिइन्। जेठ २५ गते संरक्षण गृहबाट बाहिर निस्किए फर्केर नआएपछि प्रहरीमा उजुरी परेको थियो। प्रहरीको खोजतलासपछि गत ३२ गते उनी सटरभित्र भेटिइन्। अभियुक्त जोशीलाई प्रहरीले १ गते मात्रै पक्राउ गरेको थियो। जोशीले सटरभित्र राखेर आफूलाई जबरजस्ती गर्दै आएको बालिकाले प्रहरी समक्ष बयान दिएकी छन्। प्रहरीका अनुसार जोशीले १ वर्षअघि पनि बालिका दाजुको छोरी हुन् भन्दै झुक्याएर संरक्षण केन्द्रबाट लगेका थिए। प्रहरीले दुवैमाथि एउटै कसुरमा अनुसन्धान अगाडि बढाएको मिश्रले बताए ।

-अन्नपुर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

गोरखा समाज कुवेतले नेपालका मुटुरोगीलाइ नेपाली रूपैयाँ ४२ हजार भन्दा बढी अार्थिक सहयोग गरेको छ । समाजले गोरखाका मुटुरोगी गोपाल…

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

प्रतिकृयाहरू
...