Friday 30th January 2026

हुम्लामा जीप दुर्घटना भइ कर्णाली नदीमा खस्यो, १६ यात्रु सहित जीप नै वेपत्ता


तितोपाटी -हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को बेडबिसौना र कैलेवालु सडकखण्डमा बोलेरो जीप दुर्घटना भइ कर्णाली नदीमा खसेको खबर तितोपाटीलाइ प्राप्त भएको छ । मंगलबार जीप कर्णाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। लु १ ज ७१६६ नम्बरको जीप दुर्घटना भइ कर्णाली नदीमा खेसपछि वेपत्ता भएको हो ।

जीप सिमकोटदेखि खार्पुनाथ गाउँपालिकाको केन्द्र याँचुतर्फ जाँदै गर्दा कर्णाली नदीमा खसेको हो। जीपमा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाहीसहित १६ जना सवार रहेको अनुमान गरिएको छ। जीपमा सवार सबैजना बेपत्ता भएका छन्। उद्धारकार्य जारी छ।

दुर्घटनास्थल सदरमुकामबाट टाढा भएकाले उद्धार र खोजीका लागि सदरमुकामबाट प्रहरी र सेनाको टोली खटाइएको छ। उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टर खटिएको छ। यो समाचार तयार पार्दासम्म जीप र यात्रु भेटिएका छैनन्।घटनाको थप विवरण आउन बाँकी छ।


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...