Wednesday 11th March 2026

शाहरूख खानका छोरा आर्यन सिधै हलिउडमा डेब्यु गर्दै


तितोपाटी-बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले फिल्मी दुनियाँमा कदम राखेका छन् । बलिउडमा साधारणतया सेलिब्रिटीले आफ्नो बच्चालाई लञ्च गर्नुअघि कुनै प्रकारको कमी नहोस् भन्ने सोच्छन् । तर यहाँ मामला भिन्न छ । आर्यनको अभिनयअघि मानिसहरुले उनको आवाज सुन्न पाउनेछन् त्यो पनि हलिउडको ठूला प्रोजेक्टमा ।

वास्तवमा, आर्यन खानले आफ्ना बुवा शाहरुख खानसँग अन्तरराष्ट्रिय कम्पनी डिज्नीको चर्चित फिल्म ‘द लायन किंग’ को हिन्दी संस्करणमा आफ्नो आवाज दिँदैछन् । फिल्ममा मुख्य पात्र सिम्बालाई आर्यन र सिम्बाका पिता मुसाफालाई शाहरुख खानले आफ्नो आवाज दिनेछन् । पछिल्ला थुप्रै दिनदेखि शाहरुख र आर्यन यो फिल्मको डबिङमा जुटेका थिए ।

अन्तरराष्ट्रिय फादर्स डे र इन्डिया पाकिस्तानको म्याचको मौकामा सिम्बा–मुफासा (पिता–पुत्र) को नामको निलो टिसर्ट लगाएर शाहरुख र आर्यनले टिम इन्डियालाई बधाई दिँदै फादर्स डेको पनि शुभकामना दिए ।

फिल्म ‘द लायन किंग’ पहिलो पटक सन् १९९४ मा रिलिज भएको थियो । यो फिल्म रिलिज भएको २५ वर्ष पुरा हुँदा डिज्नी च्यानलले यसै कहानीलाई अब नयाँ प्रविधीमार्फत् बनाइएको एनिमेशन फिल्मको रुपमा पुनः रिलिज गर्ने निर्णय गरेको हो


सम्बन्धित शीर्षकहरु

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कुवेतले आफ्नो सुरक्षालाई लिएर उच्च सतर्कता अपनाएको संकेत देखिएको छ। सोमबार बिहानदेखि मध्यरातसम्म कुवेतको हवाई…

प्रतिकृयाहरू
...