Sunday 11th January 2026

शाहरूख खानका छोरा आर्यन सिधै हलिउडमा डेब्यु गर्दै


तितोपाटी-बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले फिल्मी दुनियाँमा कदम राखेका छन् । बलिउडमा साधारणतया सेलिब्रिटीले आफ्नो बच्चालाई लञ्च गर्नुअघि कुनै प्रकारको कमी नहोस् भन्ने सोच्छन् । तर यहाँ मामला भिन्न छ । आर्यनको अभिनयअघि मानिसहरुले उनको आवाज सुन्न पाउनेछन् त्यो पनि हलिउडको ठूला प्रोजेक्टमा ।

वास्तवमा, आर्यन खानले आफ्ना बुवा शाहरुख खानसँग अन्तरराष्ट्रिय कम्पनी डिज्नीको चर्चित फिल्म ‘द लायन किंग’ को हिन्दी संस्करणमा आफ्नो आवाज दिँदैछन् । फिल्ममा मुख्य पात्र सिम्बालाई आर्यन र सिम्बाका पिता मुसाफालाई शाहरुख खानले आफ्नो आवाज दिनेछन् । पछिल्ला थुप्रै दिनदेखि शाहरुख र आर्यन यो फिल्मको डबिङमा जुटेका थिए ।

अन्तरराष्ट्रिय फादर्स डे र इन्डिया पाकिस्तानको म्याचको मौकामा सिम्बा–मुफासा (पिता–पुत्र) को नामको निलो टिसर्ट लगाएर शाहरुख र आर्यनले टिम इन्डियालाई बधाई दिँदै फादर्स डेको पनि शुभकामना दिए ।

फिल्म ‘द लायन किंग’ पहिलो पटक सन् १९९४ मा रिलिज भएको थियो । यो फिल्म रिलिज भएको २५ वर्ष पुरा हुँदा डिज्नी च्यानलले यसै कहानीलाई अब नयाँ प्रविधीमार्फत् बनाइएको एनिमेशन फिल्मको रुपमा पुनः रिलिज गर्ने निर्णय गरेको हो


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...