Tuesday 8th July 2025

फेरि विवादमा मुछिए क्याप्टेन विजय लामा


तितोपाटी – नेपाल वायुसेवा निगमका सिनियर पाइलट क्याप्टेन विजय लामा पुनः विवादमा मुछिएका छन् । लामाले स्टाटसमा सरकारको काम, कदम र व्यवहारले नेवार समुदायमात्र नभई सम्पुर्ण समुदायलाई आतंकित बनाइरहेको बताउँदै सामाजिक संजाल फेसबुकमा लेखेको स्ट्याटसको कारण उनी विवादमा मुछिएका हुन् भने फेसबुकमा सरकारविरुद्ध स्ट्याटस लेखेपछि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले क्याप्टेन विजय लामालाई जापान भम्रणको टोलीबाट हटाएका छन् ।

निगमका अनुसार, आउँदो भदौ १२ गतेदेखी जापानको ओशाका उडानको तयारी गरिरहेको निगमको टोलीमा पाइलट लामासहित तीन सदस्य सोमबार बैंकक हुँदै जापान जाने कार्यक्रम थियो। थाई एयरवेजको उडानबाट निगमका कार्यकारी अध्यक्ष खरेलसहित, वाणिज्य विभागका निर्देशक टंकनिधि दाहाल र पाइलट लामा त्यसतर्फ जान लागेका थिए। निगमका एक उच्च अधिकारीका अनुसार, तीनै जनाको होटल बुकिङ र टिकट पनि भइसकेको थियो। कार्यक्रम एक साता लामो थियो। तर, पाइलट लामाले आफ्नो फेसबुक पेजमा सरकारले ल्याएको गुठी विधेयक विरुद्ध स्ट्याटस लेखेपछि उनलाई टोलीबाट हटाइएको बुझिएको छ ।

लामाले फेसबुक स्ट्याटसमा ‘दुई तिहाईको सरकार हो भनेर जनतालाई पेलेर जान्छौं अनि पेल्नै पर्छ भन्ने सोचका साथ अघि बढेको त होइन?’  ‘त्यस्तो चाँही नाहोस् पनि किनकी जुन दिन नेपाली जनताले सडकमा उत्रेर एक स्वरमा विरोध गर्छन् त्यतीबेला इन्द्रको बाउ चन्द्रले पनि बचाउन सक्दैन कसैलाई’ भनेर लेखेका थिए ।

लामा बारम्बार आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिन्छन्। यसअघि बैशाखमा हवाई सुरक्षालाई असर पर्नेगरी अभिव्यक्ति दिएपछि विवादमा तानिएका पाइलट विजय लामालाई नेपाल वायुसेवा निगमले प्रवक्ताको जिम्मेबारीबाट हटाएको थियो। नागरिक उड्डयन प्राधिकरणले लामालाई ग्राउन्डेड गर्ने निर्णय गरेपछि निगमका कार्यकारी अध्यक्ष खरेलले लामालाई प्रवक्ताबाट हटाएका थिए।

चैत १९ गते राति निगमको दुबई उडान रद्दबारे पाइलट लामाले यूट्युब च्यानलमार्फत ‘आफ्नो मानसिक र शारिरीक अवस्था ठिक नभएको’ अभिव्यक्ति दिएपछि उनलाई प्राधिकरणमाहत सिनामंगलमा रहेको फलाइट सेफ्टी स्ट्याण्डर्ड विभागले स्पष्टीकरण पनि सोधेको थियो।

त्यसअघि प्रधानमन्त्री ओलीले हिमालय एयरलायन्सको जहाज चार्टर गरेको विषयमा पनि लामाले सरकार विरुद्ध स्ट्याटस लेख्दा विवादमा तानिएका थिए। त्यसताका निगमका प्रमुख सुगतरत्न कशांकारले लामालाई सम्झाई बुझाई बचाउ गरेको निगमका एक अधिकारीले बताए।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखाकुवेत द्वारा आयोजित शहिद लखन थापा मगर रनिङ् शिल्ड गोल्ड कप अन्तर-नेपाली भलिवल टुर्नामेण्टको पाँचौं संस्करण आगामी…

तीतोपाटी - कुवेत स्थित तनहुँ सेवा समाज कुवेतले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर आगामी २ जनवरी २०२६ शुक्रबारका…

वर्षौंदेखि उत्तरपश्चिमी साउदी अरबको मरुभूमि प्रायः बालुवाको खाली भाग हो भन्ने सोचाइ थियो जुन कहिलेकाहीं घुमन्ते गोठालाहरूले भ्रमण गर्थे तर…

प्रतिकृयाहरू
...