Tuesday 13th January 2026

अस्लिल कमेडी गर्दा पनि पारिवारीक सपोर्ट पाएकी कमेडीयन सिम्रन पाण्डे


तितोपाटी – अहिले सामाजिक संजालमा भाइरल हुने होडमा रहेका धेरै युवा युवतीहरुले अश्लिलताको सहारा लिन थालेका छन् । कमेडीका नाममा द्विअर्थी र छाडा संवादसहितको भिडियो बनाएर यूट्यूवको ट्रेन्डिङमा पर्न सकिन्छ भन्ने सोच उनीहरूमा व्याप्त भएको छ । कमेडीको नाममा कति बोल्ने कति नबोल्ने भन्ने समेत ज्ञान नभएका युवा युवतीहरू सामाजिक संजालमार्फत भाइरल हुने मात्र नभइ कमाउ धन्दाको लागि पनि यस किसिमका भद्दा कमेडी गरिरहेका पाइएका छन्  ।

गत हप्ता मात्रै यस्तै एक किशोरी सिम्रन पाण्डेको कमेडी भिडियो युटुबमा अपलोड भयो र ट्रेन्डिङ मै पर्न सफल भयो ।  सिम्रन पाण्डे कहलिएकी कमेडियन होइनन् र यसअघि उनको नाम कसैले सुनेका पनि थिएनन्  तर उनको एउटा ‘स्ट्यान्ड अप कमेडी’ यूट्यूवमा अपलोड भएको दोस्रो दिनमा नै एक नम्बर ट्रेन्डिङमा आयो । यो कमेडी भिडियो अत्यधिक सिर्जनशील प्रस्तुति वा हास्यरसको प्रचुरताले गर्दा सिम्रनको भिडियो भाइरल भएको होइन । त्यसो भन्दैमा सिम्रनको कमेडी कला छैन भन्न खोजिएको होइन तर कमेडी भिडियो भाइरल हुनुको प्रमुख कारण भने उनले बोलेका केही अश्लिल शब्दहरु नै हुन्। स्ट्यान्डअप कमेडीका नाममा यसअघि पनि अश्लिल र द्विअर्थी प्रस्तुतिहरु आउँथे । तर, प्राय पुरुष कलाकारका हुन्थे । एउटी भर्खरकी किशोरीले निर्धक्क अश्लिल शब्दहरु बोलेपछि धेरैको ध्यान तानिने नै भयो ।

आजसम्म सिम्रनले ६ वटा प्रस्तुति दिइसकेकी छिन् । तर, युट्युबमा आएको यो नै पहिलो भिडियो हो ।  यो छैटौँ  प्रस्तुति हो ।’ उनको यो कमेडी भिडियो अहिले सम्म झण्डै साढे १४ लाख पटक हेरिएको छ । आश्चर्यको कुरा उक्त भिडियोको कमेन्टमा गालीभन्दा ताली बेसी छन् । धेरैले उनलाई ‘साहसी’ र ‘बोल्ड’ भनेका छन् । यसबाट पनि थाहा हुन्छ कि यूट्यूवमा दर्शकहरु कस्ता सामग्रीमा बानी परिरहेका छन् भनेर ।

अनि कतिपयले चाहिँ उनको परिवार वा आफन्तले यो भिडियो हेरे भने के भन्लान् भन्ने पनि चिन्ता गरेका छन् । तर, सिम्रन भने परिवारबाट आफूलाई सपोर्ट मिलेको बताउँछिन् । अध्ययनका लागि अमेरिका जाने तयारीमा छिन् । उनले आइइएलटीएसमा ७ स्कोर गरेकी छिन् र दुई कलेजको अफर लेटर पनि उनीसित छ । ‘सुरुमा धेरै नै नकारात्मक प्रतिकृयाहरु आएका थिए, त्यो हेरेर परिवारका सदस्यहरु खुशी हुनुहुन्नथ्यो,’ उनले भनिन्, ‘तर, पछि उहाँहरुले यसलाई बुझिदिनु भयो । अहिले मेरै सपोर्टमा हुनुहुन्छ ।’ सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरु हेरेर रमाइहेकी छिन् सिम्रन । सकारात्मक र नकरात्मक दुबै प्रतिकृयालाई सहजरुपमा लिएको उनी बताउँछिन् । उनले भनिन्, ‘मलाई स्कृप्ट लेख्दै गर्दा नै थाहा थियो कि यसबाट मैले राम्रो र नराम्रो दुबै कमेन्ट पाउनेछु । नभन्दै त्यस्तै भयो ।’

कमेडी गर्न फोहोर शब्दहरु बोल्नुपर्छ भन्ने मान्यता सिम्रनकत्र पनि होइन तर दर्शक श्रोता त्यही कुरामा हास्ने भएका कारण पनि अहिलेको आकर्षण त्यहाँ भएको उनी स्वकार्छिन् । पहिले सिम्रन इन्स्टामा सानो-सानो भ्लग हाल्ने गर्थिन् । उनले हालेको भ्लगहरु युट्युबर सुरक्षा भट्टको नजरमा परेको थियो । उनै सुरक्षाले उनलाई स्ट्याण्डअप कमेडीको बाटो देखाइदिइन् ।

आइइएलटीएसमा ७ स्कोरल्याएर अमेरिका पढ्न जाने तयारीमा रहेकी उनले यो भिडियो यति धेरै भाइरल होला भन्ने चाहिँ नलागेको बताइन् । साथीहरुको देखेर, सुनेर र केही थप खोजी गरी स्कृप्ट बनाएको भन्दै उनले यसमा रहेका कुराहरु आफ्नो व्यक्तिगत जीवनमा नभोगेको दावी गरिन् । ‘यो मेरो अनुभव हैन । यदी भएको भए मलाई स्वीकार्न कुनै गाह्रो पनि हुन्थेन,’ उनले भनिन् ।

सिम्रन आफूले फोहोर नबोलेको दावी गर्छिन् । उनले भनिन्, ‘मान्छेको शरीरको अंगहरुको बारेमा बोल्दा फोहोर हुन्छ जस्तो मलाई लाग्दैन । त्यहाँ कुनै किसिमले पनि फोहोर शब्दहरु मिसाइएको छैन ।’ उनले थपिन्, ‘हाम्रो समाज नै यस्तै छ । यहाँ छोरी मान्छेले यस्तो कुरा बोल्न हुन्न भनिन्छ । यसलाई म पनि स्वीकार्छु । ज-जसले नराम्रो भन्नुभयो उहाँहरुलाई पनि धन्यावाद ।’

भिडियो आएपछि साथीहरुले आफ्नो प्रशंसा गरेको उनले बताइन् । तर, सुरुमा यूट्य्रवमा आएका नकारात्मक प्रतिकृयाले भने उनी खिन्न बनेकी थिइन् । आफूले गरेको ‘मेहनत’ लाई नबुझी प्रतिकृया दिनेहरुसँग उनको आक्रोश थियो । उनी भन्छिन्, ‘मैले लामो समय मेहनत गरेर यो भिडियो बनाएको हुँ । यसमा नराम्रो कमेन्ट आउदाँ म निराश भएको थिएँ ।’
तर, सिम्रनलाई आफूले भिडियोमा बोलेको कुराहरुमा कुनै पश्चाताप छैन् । ‘त्यहाँ मैले बोलेका शब्दहरु सबै हामीले वास्तविक जीवनमा बोलेकै हुन्छौँ । आˆनो साथीहरुलाई सेयर गरेकै हुन्छौँ’, उनले भनिन्, ‘त्यही कुरालाई मैले पब्लिक्ली भनेको हुँ । त्यसमा मलाई कुनै पश्चताप छैन ।’

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...