Monday 30th March 2026

‘साथी’ – निर्मल स्याङतान तामाङ


साथी
दरिद्र सोच लिएर कुरा काट्छन,
मनभरी दु:ख पीडा बोक्छन साथीहरु ।।

थाहा हुन्न, अरुलाई सम्झाउँदै किन हिंड्दछन?
उनीहरूलाइ सम्झायो भने मुन्टो बटार्छन साथीहरू ।।

इर्स्या डाह गरी जल्छन भने जल्न देउ
एक दिन अवश्य पश्चात्तापले जल्नेछन साथीहरु ।।

धेरै पीर चिन्ता नराखौं मन मस्तिस्कमा,
त्यसले जिउँदो लास बनाउछ, बुझ्दैनन् साथीहरु ।।

स्वार्थी यो दुनियाँमा छल कपट सधैं हुन्छ यहाँ
सम्झी-सम्झी जल्ने दिन आउछ,भन्ने थाहा छैन साथीहरु ।।

किन गर्दैछौ, उपहास एकले अर्कालाई यहाँ
मरेपछी लैजानुछैन केही, किन सोच्दैनन साथीहरु ।।

सक्छौ राम्रा काम गर अजम्बरी रहने गरी,
भोली फर्की कदापी आउँदैनन् यी दिन साथीहरु ।।

कसैको कुभलो सोच्दाको पारिणाम पक्कै
आँफैले भोग्नु परे के के होला सोच अब साथीहरु ।।

समयले पर्खिदैन अब त केही गर
सबैको भलो चिताउँदै अघी बढ साथीहरु ।।

परोपकारले मात्र दिनेछ, तिमीलाई आनन्दको आभास,
गन्तव्यमा अबस्य पुग्न सकिन्छ, साहस गर साथीहरु ।।

निर्मल स्याङ्तान तामाङ
हाल कुवेत


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...