Wednesday 12th November 2025

म्याग्दीमा लागुऔषध सहित २ महिला र ४ पुरूषको लागुऔषध कारोबारी समुह पक्राउ


तितोपाटी – म्याग्दी जिल्लाको बेनी बजार आसपासबाट ६ जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । अस्ति शनिवार साँझ बेनी बजारका आसपासबाट लागुऔषध कारोबारमा सक्रिय २ जना युवती र ४ जना युवाको समुहलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले नियन्त्रणमा लिएको जनाएको छ ।

लागुऔषध कारोबारी बाट ८६ सेट डाईजापाम, फेनेरागन र नुर्फिन बरामद गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । लागुऔषध सहित पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए ।

मरासिनीको अनुसार, पक्राउ परेकाहरुले व्यवसायिक रुपमा लागुऔषध कारोबार गर्दै आएको खुलेको छ । लागुऔषध सहित पक्राउ पर्नेमा बेनपा–८ की रेजिना श्रेष्ठ, बिजय बानियाँ, रघुगंगा गाउँपालिका–१ का निखिल फगामी, मंगला गाउँपालिका –३ की सिता केसी, बेनपा–९ का राजकुमार शेरपुञ्जा, रघुगंगा गाउँपालिका– ६ का प्रविण छन्त्याल रहेको बताएका छन । रातको समयमा शंकास्पद रुपमा हिँडीरहेको अबस्थामा पक्राउ गरिएकाहरुबाट थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...