Friday 2nd October 2026

दाङको सम्राट सिमेन्ट उद्योगको प्लान्ट भत्किंदा ३ जनाको मृत्यु, ३ गम्भीर घाइते


तितोपाटी – दाङमा सिमेन्ट उद्योगमा काम गर्ने तीन मजदुरको मुत्यु भएको छ। दाङको लमही नगरपालिका ७ कमानपुको सम्राट सिमेन्ट कम्पनीको नयाँ प्लान्ट निर्माणमा काम गरिरहेका तीन भारतीय मजदुरको पाँचौ तलाबाट खसेर मुत्यु भएको हो।  मुत्यु हुने मजदुरमा भारत झारखण्ड निवासी ४५ वर्षीय मंगल कस्यव, २२ वर्षीय दयाल हरेन, ४६ वर्षीय साहेव हरेन रहेका छन्। घटनामा अजय हरेन, दिपेन बोडोलइ, नरेन बोडलइ घाइते भएको दाङ प्रहरीले जनाएको छ। अजय हरेन र नरेन बोडोलाई थप उपचारको लागि बुटवल रिफर गरिएको छ। उनीहरुको अवस्था पनि गम्भीर रहेको बुझिएको छ । पाँचौ तला ढलान गरिरहेका मजदुर शनिबार बिहानको राति करिब साढे एक बजेतिर ६८ मिटरमाथिबाट खसेका थिए।

कम्पनीका प्रोजेक्ट कल्सल्टेन्ट त्रिभुवन ढकालका अनुसार बिम र टेकोको सन्तुलन नमिल्दा दुर्घटना भएको हो। ‘राती करिब साढे एक बजे छतको बारिहको भाग खस्यो। पाँचौ तलामाथि ढलान भइरहेको थियो। क्रकिट हालिरहेको भाइब्रेट चलाई रहेको अवस्थामा दुर्घटनाको भयो’, ढकालले भने। नयाँ प्लान्ट निर्माणको जिम्मा एभरेष्ट नामको भारतीय कम्पनीले लिएको छ।

कम्पनीले दुई वर्षदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो। क्षमता बढाउन नयाँ प्लान्ट निर्माण पनि संगसगै लगिरहेको उद्योगले जनाएको छ। निर्माणमा कम्पनीमा दुई सय ५० भारतीय मजदुर कार्यरत छन्। शनिबार राति मात्र प्लान्टमा २० मजदुर काम गर्दै गरेको कम्पनीको दाबी छ। एभरेष्ट कम्पनीले सिफ्ट अनुसार मजदुरलाई २४ घण्टा काममा लगाउने गरेको छ। दुर्घटनापछि निर्माणको काम बन्द भएको छ। मजदुरको सुरक्षासहित बाँकी काम सम्पन्न गराउन निर्माण कम्पनी लागेको छ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...