Monday 1st September 2025

डँडेलधुरा अस्पतालमा सुत्केरीको मृत्यु भएपछि अस्पताल तोडफोड


तितोपाटी – १४ दिनअघि शल्यक्रियाबाट सुत्केरी भएकी एक महिलाको शुक्रबार राति ज्यान गएपछि पीडित पक्षले अस्पतालमा तोडफोड गरेका छन् । तोडफोड पछि डडेलधुरा बजारमा गरेको चक्काजामका कारण सदरमुकाम तनावग्रस्त भएको छ । अमरगढी नगरपालिका ६ छचोडाकी २६ वर्षीया गीता ताम्राकारको उपक्षेत्रीय अस्पताल डडेलधुरामा ज्यान गएपछि उनका आफन्त र गाउँलेले चिकित्सको लापरवाहीका कारण ज्यान गएको भन्दै आन्दोलित भएका हुन ।

दुईसाता अघि शल्यक्रिया गरेर अस्पतालमा वच्चा जन्माएकी ताम्राकारलाई अत्यधिक रक्तस्राव भएपछि शुक्रबार अस्पतालमा पुगाइएको थियो । चिकित्सकले उपचार गर्दागर्दै उनको मृत्यु भएपछि शुक्रबार राति सयौं गाउँले आएर अस्पतालमा तोडफोड गरेका थिए । अस्पतालका अनुसार ९ दिन पछि ताम्राकारलाई अस्पतालले डिस्चार्ज गरेको थियो । १४ दिनपछि पुन रक्तश्राव सुरु भएपछि उनलाई अस्पताल ल्याइएको थियो ।

उपक्षेत्रीय अस्पताल डडेलधुरामा ८ पिन्ट रगत दिएर धनगढी रिफर गर्नु अघि सुत्केरीको मृत्यु भएको थियो । स्थानीयले चिकित्सकले लापरवाही गरेकाले कार्वाही र क्षतिपूर्तिको माग गर्दै आन्दोलन गरेका हुन । सदरमुकामको तुफानडाँडा चोकमा मृतकका आफन्त र गाउँलेले चक्काजाम गरेपछि पहाडी जिल्ला बझांग, दार्चुला र बैतडीबाट तराइका लागि हिँडेका सयौं दर्जनौं साधन र सयौं यात्रु अलपत्र परेका छन् ।

प्रशासनले शुक्रबार राति नै सर्वपक्षीय बैठक गरि समस्या समाधान गर्ने प्रयास गरे पनि अहिलेसम्म समाधान हुन सकेको छैन । पीडितका आफन्त र गाउँलेले राति भएको सहमति अनुरुप प्रशासनले कुनै काम नगरेका कारण आन्दोलन गर्नुपरेको बताए । पीडितका आफन्त केबी ताम्राकारले सहमति कार्यान्वयन भन्दा प्रशासनले दमन गर्न खोजेको आरोप लगाएका छन् ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको पञ्जाबले इतिहासकै सबैभन्दा ठूलो बाढीको सामना गरिरहेको छ, जसले २० लाख मानिसहरूलाई असर गरेको छ लाहोर: पाकिस्तानको पूर्वी पञ्जाब…

प्रधानमन्त्री नरेन्द्र मोदी चीनको तियानजिनमा आयोजना भइरहेको सांघाई सहयोग संगठन (SCO) शिखर सम्मेलनका लागि आइपुगेका छन्। यस्तो अवस्थामा, विदेश मन्त्रालयले…

एउटा अभूतपूर्व अध्ययनले सुझाव दिन्छ कि मानिस सहित सबै जीवित प्राणीहरूले - दृश्य प्रकाशको हल्का चमक दिन्छन् जुन जीवन समाप्त…

प्रतिकृयाहरू
...