Monday 13th April 2026

युटुबर कमेडियन प्रनेश गाैतम प्रहरी हिरासतबाट छुटे


तितोपाटी – युट्युवर प्रनेश गौतमलाई प्रहरीले रिहा गरेको छ । युट्बमा ठट्यौली शैलीमा गरेको फिल्म समीक्षालाई लिएर पक्राउ परेका गौतमलाई प्रहरीले बिहीबार रिहा गरेको हो । ‘फिल्म वीरविक्रम २ का निर्देशकको उजुरीपछि पक्राउ परेका पनेश गौतमलाई हामीले रिहा गरी हाजिरी जमानीमा छाडेका हाे ।

हाजिरी जमानीमा छुटेका प्रनेशले अब प्रहरीकोमा तारिख धाउनुपर्नेछ । प्रहरीको अपराध महाशाखाले गौतमलाई फिल्म वीरविक्रम २ का निर्देशक मिलन चाम्सको उजुरीपछि नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो ।

चाम्सले आफ्नो फिल्म वीरविक्रम–२ को समीक्षा बिगारेर गौतमले मेमे नेपाल नामक युट्युब च्यानलमा प्रकाशित गरेको आरोप लगाएर उजुरी दिएको बताइएको छ । विशुद्ध फिल्म समीक्षालाई लिएर नियन्त्रणमा लिइएको भन्दै यतिबेला प्रहरी कदमको आलोचना भइरहेको छ । यसैलाई लिएर राजधानीमा बुधबार प्रदर्शनसमेत भयाे ।

तर, निर्देशक चाम्सले यसको खण्डन गरेका छन् । आफ्नो मानहानी गरेकाले आफू युट्युबरविरुद्ध कारवाही माग गर्दै प्रहरीको शरणमा पुगेको उनको भनाइ छ ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...