Saturday 10th January 2026

समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा विधिवत रूपमा दर्ता


तितोपाटी – समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा विधिवत रूपमा दर्ता भएको छ । पार्टीका नेताहरू केन्द्रिय अध्यक्ष उपेन्द्र यादव तथा पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले दल दर्ताको लागि आजै  अपरान्ह निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएका थिए ।

संघीयताको पूर्ण कार्यान्वयन गरेर मुलुकलाई सुशासन र समृद्धिको बाटोबाट अघि बढाउँदै समाजवादमा पु-याउने लक्ष्यसहित गत बैशाख २३ गते पुर्वप्रधानमन्त्री डा.  बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपप्रधान तथा स्वास्थ्य मन्त्री  उपेन्द्र यादब नेतृत्वको संघीय समाजवादी फोरम बीच पार्टी एकता भएको भइ समाजवादी पार्टी नेपाल गठन भएको थियो ।

प्रत्यक्ष कार्यकारी र समानुपातिक शासन प्रणाली अबलम्बन गर्ने उद्घोषको साथ  गठन भएको उक्त पार्टी एक महिना सम्म पनि निर्वाचन आयोगमा दर्ता नगर्दा अन्याैल छाएको थियो । पार्टीले १०+१ प्रदेशको माग अघि सारेको छ । दुई पार्टीबीच भएको ९ बुँदे सहमतिको ५ नम्बर बुँदामा संविधान संशोधन गरी ११ प्रदेशको रचना गरिनुपर्ने माग गरिएको हो ।

 

 


सम्बन्धित शीर्षकहरु

इरानमा बुधबार भएको विरोध प्रदर्शन एघारौं दिनमा प्रवेश गरेको छ र इजरायलको लागि जासुसी गरेको आरोपमा एक जनालाई मृत्युदण्ड दिइएको…

इजरायलले पश्चिम किनारमा प्यालेस्टिनीहरूका लागि चौथो पुस्ता (४जी) मोबाइल सेवाहरूको स्तरोन्नतिलाई अनुमोदन गरेको इजरायली सञ्चार मन्त्रालयले मंगलबार जनाएको छ। मन्त्रालयले…

अमेरिकी सेनाले काराकासको एक परिसरबाट निकोलस मादुरो र उनकी श्रीमतीलाई लगेको ४८ घण्टा नबित्दै, भेनेजुएलाका नेता न्यूयोर्कको अदालतमा उभिए र…

प्रतिकृयाहरू
...