Wednesday 8th April 2026

समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा विधिवत रूपमा दर्ता


तितोपाटी – समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा विधिवत रूपमा दर्ता भएको छ । पार्टीका नेताहरू केन्द्रिय अध्यक्ष उपेन्द्र यादव तथा पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले दल दर्ताको लागि आजै  अपरान्ह निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएका थिए ।

संघीयताको पूर्ण कार्यान्वयन गरेर मुलुकलाई सुशासन र समृद्धिको बाटोबाट अघि बढाउँदै समाजवादमा पु-याउने लक्ष्यसहित गत बैशाख २३ गते पुर्वप्रधानमन्त्री डा.  बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपप्रधान तथा स्वास्थ्य मन्त्री  उपेन्द्र यादब नेतृत्वको संघीय समाजवादी फोरम बीच पार्टी एकता भएको भइ समाजवादी पार्टी नेपाल गठन भएको थियो ।

प्रत्यक्ष कार्यकारी र समानुपातिक शासन प्रणाली अबलम्बन गर्ने उद्घोषको साथ  गठन भएको उक्त पार्टी एक महिना सम्म पनि निर्वाचन आयोगमा दर्ता नगर्दा अन्याैल छाएको थियो । पार्टीले १०+१ प्रदेशको माग अघि सारेको छ । दुई पार्टीबीच भएको ९ बुँदे सहमतिको ५ नम्बर बुँदामा संविधान संशोधन गरी ११ प्रदेशको रचना गरिनुपर्ने माग गरिएको हो ।

 

 


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...