Wednesday 11th March 2026

श्रीमनसँगको खटपट पछि दोहोरो नागरिकता


तितोपाटी – उदयपुरकी धनमाया राईले फरक फरक जिल्लाबाट दोहोरो नागरिकता बनाएकी छिन् । पहिले पतिको नामबाट सिन्धुलीमा नागरिकता बनाएकी उनले पछि उदयपुरबाट अविवाहित नागरिकता बनाएकी हुन् । कटारी नगरपालिका–४ का वडाध्यक्ष कृष्णराज दनुवारको सिफारिसमा धनमायाले माइती पक्षबाट अविवाहितको नागरिकता लिएको खुलेको छ । दोहोरो नागरिकता बनाउँदा उनले आफ्नो परिचयसमेत फेरेकी छिन् । दर्वजित राई र मनसरी राईकी छोरी धनमायाको जन्म ४ वैशाख ०५२ मा भएको नागरिकतामा उल्लेख छ ।

 श्रीमान्सँग मनमुटावपछि  अविवाहित नागरिकता 
धनमायाको ०६७ मा जातीय परम्पराअनुसार सिन्धुली दुधौलीका प्रकाश राईसँग विवाह भएको थियो । विवाह भएको दुई वर्षपछि हालको दुधौली नगरपालिका साबिकको ककुर ठाकुर गाविसमा विवाह दर्ता भएको थियो । विवाह दर्ताअनुसार श्रीमान्को नामबाट नागरिकता लिएकी थिइन् । सिन्धुली जिल्ला प्रशासन कार्यालयबाट २३ माघ ०६९ मा पतिको नाममा लिएको २०/०१ र ६९ र ०३३७५ नम्बर भएको नागरिकतामा धनमाया राई नाम उल्लिखित छ ।

 परिचय फेरेर नक्कली नागरिकता
कटारी–४ गबुवा घर भएकी धनमायाले इलाका प्रशासन कार्यालयबाट शीतल राईको नामबाट दोहोरो नागरिकता लिएको खुलेको हो । उनलाई अविवाहित नागरिकता बनाउन कटारी नगरपालिका–४ का वडाध्यक्ष कृष्णराज दनुवारले सिफारिस गरेका छन् ।  वडाध्यक्ष दनुवारले धनमायालाई शीतल राईको नामबाट नागरिकता दिन जन्ममिति सिफारिस समेत गरेका थिए । जन्ममिति सिफारिस गर्न सर्जमिन मुचुल्का गर्नुपर्ने भए पनि दनुवारले आफैँले सिफारिस गरिदिएको पाइएको छ । इलाका प्रशासन कार्यालय कटारीबाट शीतल राईको नाममा लिएको १४र०२र७४र०१४१२ नम्बरको नागरिकता उनले हाल प्रयोग गर्दै आएकी छिन् ।

-नयाँपत्रिकाबाट


सम्बन्धित शीर्षकहरु

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कुवेतले आफ्नो सुरक्षालाई लिएर उच्च सतर्कता अपनाएको संकेत देखिएको छ। सोमबार बिहानदेखि मध्यरातसम्म कुवेतको हवाई…

प्रतिकृयाहरू
...