Wednesday 11th March 2026

श्रीमती नभएको समयमा १८ वर्षीया छोरीलाइ जबर्जस्ती करणी गर्न खोज्ने बाबु पक्राउ


तितोपाटी – आफ्नै छोरीलाई जर्बजस्ती करणी गरेको आरोपमा ललितपुरबाट एक जना पक्राउ परेका छन् । आरोपीले आफूलाई नेपाल सरकारका उपसचिवबाट पाँच वर्षअघि पदमुक्त भएको दाबी गरेकाे प्रहरीले जनाएको छ ।

ललितपुरस्थित धोवीघाटका ४५ वर्षीय पुरूषले श्रीमती नभएकाे माैकामा १८ वर्षीया छोरीलाई जर्बजस्ती करणीको प्रयास गरेको जाहेरीमा उल्लेख छ । कशोरी कक्षा १२ मा अध्ययनतरत छिन् । किशोरीले आफ्नै बुवाले जबरजस्ती करणी प्रयासको आरोपमा जाहेरी दिएपछि प्रहरी परिसर ललितपुरले उनलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत ललितपुरले उनलाई पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाउन आदेश दिएको प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी नारायण प्रसाद चिमोरीयाले बताए । आरोपीविरुद्ध मुलुकी अपराध संहिताको जबजस्ती करणी कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कुवेतले आफ्नो सुरक्षालाई लिएर उच्च सतर्कता अपनाएको संकेत देखिएको छ। सोमबार बिहानदेखि मध्यरातसम्म कुवेतको हवाई…

प्रतिकृयाहरू
...