Monday 1st September 2025

श्रीमती नभएको समयमा १८ वर्षीया छोरीलाइ जबर्जस्ती करणी गर्न खोज्ने बाबु पक्राउ


तितोपाटी – आफ्नै छोरीलाई जर्बजस्ती करणी गरेको आरोपमा ललितपुरबाट एक जना पक्राउ परेका छन् । आरोपीले आफूलाई नेपाल सरकारका उपसचिवबाट पाँच वर्षअघि पदमुक्त भएको दाबी गरेकाे प्रहरीले जनाएको छ ।

ललितपुरस्थित धोवीघाटका ४५ वर्षीय पुरूषले श्रीमती नभएकाे माैकामा १८ वर्षीया छोरीलाई जर्बजस्ती करणीको प्रयास गरेको जाहेरीमा उल्लेख छ । कशोरी कक्षा १२ मा अध्ययनतरत छिन् । किशोरीले आफ्नै बुवाले जबरजस्ती करणी प्रयासको आरोपमा जाहेरी दिएपछि प्रहरी परिसर ललितपुरले उनलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत ललितपुरले उनलाई पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाउन आदेश दिएको प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी नारायण प्रसाद चिमोरीयाले बताए । आरोपीविरुद्ध मुलुकी अपराध संहिताको जबजस्ती करणी कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री नरेन्द्र मोदी चीनको तियानजिनमा आयोजना भइरहेको सांघाई सहयोग संगठन (SCO) शिखर सम्मेलनका लागि आइपुगेका छन्। यस्तो अवस्थामा, विदेश मन्त्रालयले…

एउटा अभूतपूर्व अध्ययनले सुझाव दिन्छ कि मानिस सहित सबै जीवित प्राणीहरूले - दृश्य प्रकाशको हल्का चमक दिन्छन् जुन जीवन समाप्त…

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार चीनको तियानजिनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको द्विपक्षीय भेटवार्तामा लिपुलेक दर्रा हुँदै व्यापार मार्ग खोल्ने…

प्रतिकृयाहरू
...