Wednesday 11th March 2026

पाल्पामा जंगली च्याउको तरकारी खाँदा एकै घरका २ दिदीबहिनीको मृत्यु, ९ जना सिकिस्त बिरामी


तितोपाटी – पाल्पामा जङ्गली च्याउ खाँदा एकै घरका २ दिदीबहिनीको मृत्यु भएको छ भने अरू ९ जना सिकिस्त बिरामी परेका छन्  जिल्लाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा विषालु जङ्गली च्याउ खाँदा ९ वर्षीया निर्मलासिंह ठकुरी र ४ वर्षीया विष्णुसिंह ठकुरीको मृत्यु भएको हो ।

शुक्रबार साँझ च्याउ खाएका उनीहरु शनिबार अपराह्नबाट बिरामी परेका थिए । बिरामी बालिकाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तरकारीका रुपमा आएको च्याँउ विषालु भएका कारण अन्य आठ गम्भिर बिरामी परेका छन् । बिरामी बेहोस हुने, अत्तालिने र वान्ता गरिरहेको अवस्थामा अस्पताल लगिएको थियो ।

बिरामी हुनेमा चार परिवारका सदस्य ४५ वर्षीय पुरन खाम्चा, उनकी श्रीमती ४० वर्षीया चन्द्री खाम्चा, १५ वर्षीया छोरी निर्मला खाम्चा, ८१ वर्षीय प्रेमबहादुरसिंह ठकुरी, ३० वर्षीया दानकुमारी सिंह, सात वर्षीय सुमन सिंह, धनकुमारी सिंह र निरुता सिंह ठकुरी रहेका छन्। बिरामी परेकाको नवलपुरस्थित मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कुवेतले आफ्नो सुरक्षालाई लिएर उच्च सतर्कता अपनाएको संकेत देखिएको छ। सोमबार बिहानदेखि मध्यरातसम्म कुवेतको हवाई…

प्रतिकृयाहरू
...