Tuesday 17th February 2026

ठुली आमाले छिमेकी फसाउन गरिन छोरीको बलात्कार


तितोपाटी – बारामा एक महिलाले पारिवारिक विवादमा छिमेकीलाई फराउन एक महिलाले दुई वर्षीया बालिकालाई ‘बलात्कार’ गरेकी छन् । घटना बाराको माइगढीमाई–१, तेगछिया टोलको हो । बिहीबार दिउँसो दुई वर्षीया बालिका आकृति (नाम परिवर्तन) विक्षिप्त अवस्थामा छिमेकीको घर अगाडि भेटिएकी थिइन् । बालिका बलात्कृत भएको खबरले गाउँभर फैलियो ।

बालिकाको परिवार र छिमेकीबीच लामो समयदेखि विवाद थियो । बेलाबेला दुई छिमेकी सार्वजनिक रुपमा गाली गलौजमा उत्रन्थे, अरु बेला बोलचाल बन्द ।

आकृति बलात्कार भएको घटनालाई पनि दुई परिवारबीच रहेको विवादसँग जोडेर हेरे । बालिकाका आफन्तले पनि छिमेकीमाथि शंका गर्दै जिल्ला प्रहरी कार्यालय, बारामा उजुरी दिए ।

प्रहरी अनुसन्धानका क्रममा घटना हुनुअघि बालिका आरोपित परिवारको घर अगाडि देखेको खुल्यो । त्यसैले प्रहरी शंका त्यहीँ परिवारका सदस्यमाथि गयो । प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान थाल्यो तर, कुनै प्रमाण हात लागेन ।

बालिकालाई उपचारका लागि कलैया अस्पताल लगिएको थियो । जब चेकजाँचका क्रममा चिकित्सकले बालिकाको योनीबाट कपडा निकाले, घटनामा नयाँ ट्वीस्ट आयो ।
‘बलात्कारीले यौनाङ्गमा कपडा किन कोच्यो भन्ने प्रश्न आयो र हामीले फरक कोणबाट अनुसन्धान थाल्यौं, अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन् ।

त्यसपछि प्रहरीले बालिकाकी ठूलीआमा ४० वर्षीया कलावती देवी गिरीसँग पनि सोधपुछ गर्यो, जसले छिमेकीलाई आरोपित गर्दै उजुरी दिएकी थिइन् । लामो केरकारमा उनले बोली फेरिरहिन् । प्रहरीले अब उनीमाथि नै शंका गर्न थाल्यो ।

शुक्रबार उनले आफैंले पीडित बालिकाको यौनाङ्गमा कपडा घुसारेको स्वीकारेकी छन् । आफ्नो छिमेकीसँग लामो विवाद रहेको र उनलाई फराउन बालिकालाई उठाएर यस्तो हर्कत गरेको उनले बयान दिएकी छन् ।

‘हात बाँधेर कट्टु खोलिदिएँ मुखमा कपडा कोचे, यौनाङ्गमा पनि कपडाको टुक्रा कोचिदिएँ’, उनले बयान दिएकी छन्, ‘त्यसपछि छिमेकीको घरमा फ्यालेकी थिएँ ।’

मुलुकी अपराध संहिताले यस्तो हर्कतलाई पनि बलात्कार मान्छ । त्यसैले प्रहरीले जबरजस्तीकरणी र ज्यान मार्ने उद्योगमा उनीमाथि अनुसन्धान थालेको छ । ‘जिल्ला अदालतबाट ५ दिनको म्याद थप पनि भइसकेको छ’, बाराका प्रहरी प्रमुख एसपी सानुराम भट्टराईले भने, ‘अहिलेसम्म घटनामा कमलादेवीको मात्र संलग्नता देखिएको छ ।’

घटनामा अन्य व्यक्तिको संलग्नता रहेको वा नरहेको भन्ने चाहिँ विस्तृत अनुसन्धानपछि नै खुल्ने भट्टराईले बताए । छिमेकी भने हिरासतमुक्त भएका छन् ।

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

लुलु हाइपरमार्केटले यस हाला फेब्रुअरीमा कुवेतको राष्ट्रिय तथा मुक्ति दिवसहरूलाई ‘I Love My Kuwait’ नामक भव्य प्रमोसन मार्फत अविस्मरणीय किनमेल…

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

प्रतिकृयाहरू
...