Sunday 11th January 2026

ज्ञानेन्द्र शाहीलाई छाड्न सर्वोच्चको आदेश


तितोपटी – भ्रष्टाचार विरुद्धको अभियन्ताका रुपमा चिनिएका ज्ञानेन्द्र बहादुर शाहीलाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासले शाहीलाई छाड्न आदेश दिएको हो ।

अधिवक्ता महेश डंगोलले हालेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै उनलाई छाड्न अदालतले आदेश दिएको अदालतले जनाएको छ ।

१५ जेठमा शाहीलाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतले पक्राउ गरेर काठमाडौं पठाइएको थियो । साइबर अपराध मुद्दामा पक्राउ परेका उनलाई सुर्खेत प्रहरीले हिरासतमा यातना दिएको आरोप लागेको थियो ।

तर, कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशविक्रम शाहले शाहीलाई सुर्खेतको हिरासतमै नराखिएको दाबी गरेका थिए । उनलाई पक्राउ गर्ने क्रममा केही प्रहरी समेत घाइते भएका थिए ।

-अनलाईन  खबर बाट


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...