Wednesday 11th March 2026

जनकपुरमा लोकसेवाको विज्ञापनको विषयलाइ लिएर विद्यार्थी र प्रहरीबिच झडप


तितोपाटी – जनकपुरमा लोकसेवाको विज्ञापनको विषयलाइ लिएर विद्यार्थीर प्रहरी बिच झडप भएको छ । विद्यार्थीहरूले सडक अवरूद्ध गरि विरोधमा उत्री मन्त्री र लोकसेवा आयोगका अध्यक्षको पुत्ला जलाउन थालेपछि विद्यार्थी र प्रहरीबीच मंगलबार झडप भएको हो । विद्यार्थीहरुले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको पुत्ला जलाउन लाग्दा दुबै पक्षबीच केहीबेर झडप भएको थियो ।

लोक सेवा आयोगले हालै मधेसी आरक्षणको कोटा हटाएर विज्ञापन आह्वान गरेको बिरोधमा विद्यार्थीहरुले मन्त्री पण्डित र अध्यक्ष मैनालीको पुत्ला जलाउन लाग्दा प्रहरीले निभाउन लाग्दा दुबै पक्षबीच झडप भएको हो । झडपमा कोही पनि हाताहाती भएको छैन ।

प्रहरीले पुत्लामा लागेको आगो खोसेर पानी हाली निभाएपछि विद्यार्थीहरु आक्रोशित बनेका थिए । विद्यार्थीहरुले केहीबेर भानु चोकमा सडक समेत अवरुद्ध पारेका थिए ।


सम्बन्धित शीर्षकहरु

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कुवेतले आफ्नो सुरक्षालाई लिएर उच्च सतर्कता अपनाएको संकेत देखिएको छ। सोमबार बिहानदेखि मध्यरातसम्म कुवेतको हवाई…

प्रतिकृयाहरू
...