Wednesday 12th November 2025

जनकपुरमा लोकसेवाको विज्ञापनको विषयलाइ लिएर विद्यार्थी र प्रहरीबिच झडप


तितोपाटी – जनकपुरमा लोकसेवाको विज्ञापनको विषयलाइ लिएर विद्यार्थीर प्रहरी बिच झडप भएको छ । विद्यार्थीहरूले सडक अवरूद्ध गरि विरोधमा उत्री मन्त्री र लोकसेवा आयोगका अध्यक्षको पुत्ला जलाउन थालेपछि विद्यार्थी र प्रहरीबीच मंगलबार झडप भएको हो । विद्यार्थीहरुले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको पुत्ला जलाउन लाग्दा दुबै पक्षबीच केहीबेर झडप भएको थियो ।

लोक सेवा आयोगले हालै मधेसी आरक्षणको कोटा हटाएर विज्ञापन आह्वान गरेको बिरोधमा विद्यार्थीहरुले मन्त्री पण्डित र अध्यक्ष मैनालीको पुत्ला जलाउन लाग्दा प्रहरीले निभाउन लाग्दा दुबै पक्षबीच झडप भएको हो । झडपमा कोही पनि हाताहाती भएको छैन ।

प्रहरीले पुत्लामा लागेको आगो खोसेर पानी हाली निभाएपछि विद्यार्थीहरु आक्रोशित बनेका थिए । विद्यार्थीहरुले केहीबेर भानु चोकमा सडक समेत अवरुद्ध पारेका थिए ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

सुशिल बस्याल - देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा संक्रमणको अवस्थामा छ। विगतका दशकहरूमा पुरानो नेतृत्वले धेरै योगदान गरेको…

प्रतिकृयाहरू
...