Sunday 9th November 2025

मलेसिया रोजगारी बन्दको असरः हजारौँ युवा मारमा


तितोपाटी- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक वर्षदेखि मलेसिया रोजगारी बन्द गरेपछि त्यसको मारमा हजारौँ युवा परेका छन् । सरकारको विरोधमा उत्रिएका म्यानपावर व्यवसायीले काम ठप्प पारेपछि त्यसको मार पनि युवामाथि नै परेको छ ।रोजगारीका लागि सोमबार कतार उड्ने तयारी गरेका रामेछाप, मन्थलीका रमेश श्रेष्ठले बेरोजगार युवा वैदेशिक रोजगारीमा जान नपाउने अवस्था सिर्जना भएकाले सरकारलाई गम्भीर बन्न आग्रह गरे ।

म्यानपावरले काम ठप्प पारेका कारण उनी उड्न पाएनन् । मन्त्रालयले मलेसिया रोजगारी बन्द गरेको विरोधमा वैदेशिक रोजगार व्यवसायी संघले जेठ १७ गतेदेखि सबै गन्तव्य मुलुकको उडान बन्द गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ नेता सी जिनपिङको निरीक्षणमा भव्य आयोग समारोह पछि चीनको सबैभन्दा उन्नत विमान वाहक, फुजियान, सेवामा प्रवेश गरेको छ, राज्य…

इस्तानबुल: टर्किएले युद्धको अन्त्य गर्न वार्ता अन्तर्गत उत्तरी इराकमा लुकेका हजारौं कुर्दिस्तान वर्कर्स पार्टी (PKK) लडाकुहरू र नागरिकहरूलाई घर फर्कन…

कुवेत - माङसेबुङ सरोकार समाज कुवेतको आयोजनामा किराँत धर्मका महान गुरु समाज सुधारक तथा नेपालको १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द…

प्रतिकृयाहरू
...