Wednesday 11th March 2026

रोल्पामा शिक्षिकाले ५ जना छात्राहरूको हातै भाँचिने गरेर पिटिन्


तितोपाटी – पश्चिम रोल्पाको एक विद्यालयमा शिक्षिकाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन्। रुन्टीगढी गाउँपालिका ८ झेनाममा रहेको भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट चौध विद्यार्थी घाइते भएका हुन्। ति मध्य ५ बालिकाको हात भाचिएको छ। बिभिन्न कक्षामा अध्ययन गर्ने उनीहरुमध्ये पाँच जनाको दाङमा उपचार गरिएको थियो। छात्रा भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र बिमला रोकाको हात भाचिएका कारण प्लाष्टर गरिएको छ।

विद्यार्थिका अनुसार शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै भाचिएको बेन्चको खुट्टाले अन्धाधुन्ध विद्यार्थिलाई हिर्काएकी थिईन।

जेठ १२ गते भएको घटना स्थानीय स्तरमा वडापालिकाले मिलाउन पहल गरेको भए पनि बालबालिकामा समस्या थपिएपछि घटना ढिलो गरि बाहिर आएको हो। ‘हामीले स्थानीय रुपमा छलफल गरेको थियौ। शिक्षिकाले उपचार खर्च दिने र उनलाई विद्यालयबाट निस्कासन गर्ने ब्यवस्थापन समितिले निर्णय गरेका छौ,’ वडा अध्यक्ष तथा उक्त विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भिमबहादुर घर्तीले बताए। विद्यार्थीको अवस्थामा सुधार नआएपछि अभिभाबकले उनिहरुलाई उपचारका लागि दाङ पुर्‍याएका थिए।

उता गाउँपालिकाले पनि घटना सल्टाउन न्यायीक समितिमा छलफल गराउन खोजेको तर पीडित पक्ष प्रहरीमा पुगेका छन्। ‘घटना नराम्रो घट्यो। न्यायीक समितिमा छलफल गराउन खोजेको उहाँहरु प्रहरीकोमा जानुभएको छ। अब कानुन बमोजिम कारबाहिको प्रकृया अगाडि बढ्छ,’ रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले भने। त्यसो त रोल्पा प्रहरीले पनि घटनाबारे आईतवार मात्र जानकारी पाएको बताएको छ। ‘यो बिषयमा हिजो मात्र थाहा भयो। ईलाका प्रहरी कार्यालय होलेरीलाई शिक्षिकालाई पक्राउ गरेर कानुन बमोजिम प्रकृया अगाडि बढाउन भनेको छु,’ रोल्पा प्रहरी प्रमुख डिएसपी दिपक खड्काले बताए।


सम्बन्धित शीर्षकहरु

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कुवेतले आफ्नो सुरक्षालाई लिएर उच्च सतर्कता अपनाएको संकेत देखिएको छ। सोमबार बिहानदेखि मध्यरातसम्म कुवेतको हवाई…

प्रतिकृयाहरू
...