Saturday 27th December 2025

मेनपावर व्यवसायीले विदेश उडाउन रोके


तितोपाटी- वैदेशिक रोजगार व्यवसायीले रोजगारीका लागि विदेश जानेहरुको उडान आजदेखि रोकेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ(नाफिया)ले गत जेठ ३ गते आयोजना गरेको बृहत व्यवसायी भेलाले ६ बुँदे माग अगाडी सार्दै आफ्ना माग पुरा नभए एक हप्ताका लागि जेठ १७ देखि उडान रोक्ने निर्णय गरेको थियो ।

संघका कार्यवाहक अध्यक्ष रामप्रसाद भन्तनाले शुक्रवार देखि एक साताका लागि कुनै पनि व्यवसायीले आफ्नो कम्पनी मार्फत रोजगारीका लागि जाने व्यक्तिको टिकट नकाटेको बताए । उनले संघका सदस्यहरुलाई माग पुरा नभएका कारण टिकट नकाट्ना जानकारी गराइएको बताए ।

व्यवसायीले टिकट नकाटेपछि रोजगारीका लागि विदेशिनेहरु जेठ २३ गतेसम्म विदेश जान नपाउने अवस्था सिर्जना भएको छ ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

प्रतिकृयाहरू
...