Saturday 7th February 2026

मेनपावर व्यवसायीले विदेश उडाउन रोके


तितोपाटी- वैदेशिक रोजगार व्यवसायीले रोजगारीका लागि विदेश जानेहरुको उडान आजदेखि रोकेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ(नाफिया)ले गत जेठ ३ गते आयोजना गरेको बृहत व्यवसायी भेलाले ६ बुँदे माग अगाडी सार्दै आफ्ना माग पुरा नभए एक हप्ताका लागि जेठ १७ देखि उडान रोक्ने निर्णय गरेको थियो ।

संघका कार्यवाहक अध्यक्ष रामप्रसाद भन्तनाले शुक्रवार देखि एक साताका लागि कुनै पनि व्यवसायीले आफ्नो कम्पनी मार्फत रोजगारीका लागि जाने व्यक्तिको टिकट नकाटेको बताए । उनले संघका सदस्यहरुलाई माग पुरा नभएका कारण टिकट नकाट्ना जानकारी गराइएको बताए ।

व्यवसायीले टिकट नकाटेपछि रोजगारीका लागि विदेशिनेहरु जेठ २३ गतेसम्म विदेश जान नपाउने अवस्था सिर्जना भएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतस्थित खोटाङ कुवेत सम्पर्क मञ्च ले आफ्नो दोस्रो सांगीतिक धमका आयोजना गर्ने भएको छ। संस्थाको हालै सम्पन्न २१ औँ मासिक…

  तिताेपाटी तनहुँ म्याग्दे गाउँपालिकाले सार्वजनिक गर्‍यो ‘म्याग्दे गान’, स्थानीय पहिचान र भावनालाई एकसूत्रमा बाँध्ने प्रयास तनहुँ । म्याग्दे गाउँपालिकाले…

-राजन रिमाल लोकतन्त्र र खेल दुवै नियम, प्रतिस्पर्धा र विश्वासमा टिकेका प्रणाली हुन्। तर जब खेल मैदानमा म्याच फिक्सिङ हुन्छ…

प्रतिकृयाहरू
...