तितोपाटी – नवलपुरको देवचुलीमा आज दिउँसो बस र ट्रक एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २१ जना भन्दा बढी घाईते भएका छन् ।
दुर्घटनामा परि गम्भिर घाइते भएर पुरानो मेडिकल कलेज भरतपुर पुर्याईएका २ जना महिलाको उपचारका क्रमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक अर्जुन रानाभाटले बताए । मृतकहरुको सनाखत भएको छैन ।
देवचुली नगरपालिकाको राजमार्गमा पर्ने हमालचोक नजिकै ना ४ ख ५२९५ नम्बरको बसर र ना २ ख ४८९० नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए । प्रहरीका अनुसार चितवन मेडिकल कलेजमा ७ जना र मनकामना अस्पतालमा १३ जनाको उपचार भइरहेको छ ।