Tuesday 11th November 2025

ललितपुरको भैंसेपाटीमा रहेको केमिकल फ्याक्ट्रीमा भीषण आगलागी


तितोपाटी – ललितपुर महानगरपालिका वडा नम्बर २५ स्थित भैंसेपाटीमा रहेको सोडियम हाइड्रो सल्फेट केमिकल फ्याक्ट्रीमा भीषण आगलागी भएको छ । किरण प्रकाश श्रेष्ठले सञ्चालन गरेको सो फ्याक्ट्रीमा आज (बिहीबार) बिहान आगलागी भएको हो ।

बिहान साढे ३ बजेबाट लागेको आगो केमिकल फ्याक्ट्री भएका कारण अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जानकारी दिएको छ ।नियन्त्रणका लागि चार दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय बासिन्दा प्रयासरत छन् ।

आगलागीबाट ठुलो धनमालको क्षति भएपनि मानविय क्षति नभएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप जानकारी आउन बाँकी छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

सुशिल बस्याल - देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा संक्रमणको अवस्थामा छ। विगतका दशकहरूमा पुरानो नेतृत्वले धेरै योगदान गरेको…

प्रतिकृयाहरू
...