Monday 30th March 2026

एनआरएनए एनसीसी कुवेतको महाधिवेशन अगष्ट २ तारिकमा सर्यो


तितोपाटी – गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिति कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशन एक हप्ता पछि सरेको छ । एनसीसी कुवेतले हिँजो एक सूचना प्रकाशित गरि आगामी जुलाइ २६ तारिक गर्ने भनिएको एनसीसी कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशन बहराइनमा पनि सोही मितिमा राष्ट्रिय महाधिवेशन हुने भएपछि आइसीसीको निर्देशनमा एक हप्ता पछि सार्नु परेको जनाउँदै आगामी अगष्ट २ तारिक महाधिवेशन गर्ने गरि मिति सारिएको जनाएको छ ।

एनसीसी कुवेतकी अध्यक्ष सुमित्रा देवी पाैडेल तथा महासचिव हरि लावतीद्वारा हस्ताक्षरित सूचना अनुसार आगामी जुलाइ २६ तारिक एनसीसी कुवेतको राष्ट्रिय महाधिवेशन गर्ने भनिएकोमा सोही दिन एनसीसी बहराइनको समेत राष्ट्रिय महाधिवेशन परेकोले आइसिसीको निर्देशन बमोजिम एक हप्ता पछि अगष्ट २ तारिक एनसीसी कुवेतको राष्ट्रिय महाधिवेशन गर्न लागिएको जनाउँदै उक्त दिन कुनै पनि कार्यक्रम नजुधाइदिनुहुन पनि एनसीसी कुवेतले कुवेतमा कृयाशिल संघ सँस्था तथा सर्व साधारण सबैमा अनुरोध गरेको छ । हिँजो प्रकाशित सूचना अनुसार यस अघि पञ्जिकृत सदस्यको लागि सदस्यता शुल्क कुवेती दिनार २केडि ५०० फिल्स तोकिएकोमा सो मा समेत परिमार्जन गरि २ केडि मात्रै कायम गरिएको पनि जनाइएको छ ।

एनसीसी कुवेतको सूचना जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...