Friday 9th October 2026

कविता – प्रेमपत्र



शब्दहरुको हरजोडमा तिम्रो लागि मायालाई खोज्दै छु…
मनको हाल आज तिम्रो सामु खोल्दै छु!
त्यसैले त प्रेमपत्र तिम्रो नाममा लेख्दै छु//

तिम्रो खुल्ला रेशमी कपाल लह लहाउन मन लाग्छ…..
त्यहि रेश्मि कपालको छाहरीमा हरपल बस्न मन लाग्छ!
त्यसैले त प्रेमपत्र तिम्रो नाममा लेख्दैछु//

म माया गर्छु तिमिलाई,दिनरात सोच्ने गर्छु तिमिलाई…
सपना पनि अजिव अजिव मन भित्र सजाउदै छु!
त्यसैले त प्रेमपत्र तिम्रो नाममा लेख्दै छु//

लाग्छ तिमीबिना चल्दैन जिवन…
रात त रात यो दिन पनि ढल्दैन!
एकान्तमा पनि मन्द मन्द मुस्काउदै छु!!
त्यसैले प्रेमपत्र तिम्रो नाममा लेख्दैछु//

कसम छ तिम्रो साथ छोड्ने छैन हरेक धुम्तिमा…
बाटो पनि कहिले मोड्ने छैन जिवनको गोरेटोमा!
तिम्रो मायाको बेहोषीपनमा म हराउँदै छु!!
त्यसैले त प्रेमपत्र तिम्रो नाममा लेख्दैछु //

तिम्रो त्यो न्यानो काखमा निदाउनु छ…
अङ्गालोमा बेरेर हरदम माया गर्नुछ!
त्यसैले त प्रेमपत्र तिम्रो नाममा लेख्दै छु//

मेरो मन मुटुमा र सरीरमा पनि तिमी बास गर्छौ…
मेरो आँखाको नानीमा तिम्रो तस्विर छ !
प्रत्येक स्वास प्रस्वासमा तिम्रो अंश छ!!
त्यसैले त प्रेमपत्र तिम्रो नाममा लेख्दै छु//

बिहानीको शितको पहिलो थोपा त्यति पवित्र छैन होला… !
जति तिम्रो ओठको मुस्कान पवित्र छ!
त्यसैले त प्रेमपत्र तिम्रो नाममा लेख्दै छु//

तिमी हावा बनेर आउ या सुगन्ध छरेर…
तिम्रो लागि यो शरिर ओछ्याई दिनेछु!
अब हेर्नु छ तिमीलाई!!
तिम्रो जवाफको पर्खाईमा कति दिन पर्खिन सक्छु!
त्यसले त प्रेमपत्र तिम्रो नाममा लेख्दैछु //

मनको हाल तिम्रो सामुन्ने खोल्दैछु…
आज त्यसैले प्रेमपत्र तिम्रो नाममा लेख्दैछु//

जय नारायण माझी थारु
हाल कुवेत


सम्बन्धित शीर्षकहरु

र्वी युक्रेनको दोनेत्स्क क्षेत्रस्थित क्रामाटोर्स्क शहरमा बिहीबार भएको रुसी आक्रमणमा दुईवटा सार्वजनिक बसमा आगलागी हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको…

रियाद, २३ असोज। यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्। उक्त…

भारत र इजरायलबीचको सम्बन्ध प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकालमा उल्लेखनीय रूपमा नजिकिएको छ। सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा…

प्रतिकृयाहरू
...