Tuesday 20th January 2026

सरोकार समाजद्वारा ‘क्रिकेट रङ्गशाला’ निर्माणार्थ ५० हजार सहयोग


तितोपाटी – नेपाल कुवेत सरोकार समाज कुवेतले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि  रू. ५००००।- अक्षेरूपी पचास हजार रूपैयाँ धुर्मुस-सुन्तली फाउण्डेसनलाइ सहयोग गरेको छ । समाजले सहयोग गरेको सो रकम चर्चित गायक राजेश पायल राइ मार्फत हस्तान्तरण गरिएको समाजले जनाएको छ ।

नेपाल कुवेत सरोकार समाज कुवेतलेआफ्नो स्थापना काल देखि नै स्वदेश तथा विदेशमा बिभिन्न सामाजिक र मानविय सेवाका कार्यहरू गर्दै अाएको छ भने समय समयमा नेपालका राष्ट्रिय ख्याति कमाएका कलाकारहरूलाइ कुवेत ल्याएर कुवेतवासी नेपालीहरूलाइ गीत संगीत मार्फत मनोरञ्जन प्रदान गर्दै अाएको छ ।

प्रवासमा बिभिन्न किसिमले अप्ठेरोमा परेका नेपालीहरूको उद्दार तथा स्वदेशमा घटेका विभिन्न प्राकृतिक प्रकोप तथा अार्थिक अभावले पीडित बनेका पुर्व मेची देखि पश्चिम महाकाली सम्मका नेपालीहरूलाइ सहयोग गर्दै अाएको यस संस्थालाइ विश्वास गरि हरेक समयमा सहयोगी हातहरू अघि बढाउने कुवेतवासी नेपालीहरूलाइ धन्यवाद दिंदै अागामि दिनमा पनि सामाजिक र मानविय सेवाका कार्य गर्न सहकार्य र हातेमालो गर्दै अघि बढ्ने समाजले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...