Sunday 17th November 2024

मोरङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


तितोपाटी – मोरङमा टिपरको ठक्करबाट बिहीबार दिउँसो एक जनाको मृत्यु भएको छ। सुन्दरहरैंचा नगरपालिका–१० स्थित खोर्साने–केराबारी सडक खण्डमा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो। उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ४३५५ नम्बरको टिपरले विपरित दिशाबाट जाँदै गरेको को ५ प ५५०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार दुर्घटनामा मोटरसाइकल चालक केराबारी गाउँपालिका–९ का ४८ वर्षीय बमबहादुर बस्नेतको मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते बस्नेतको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १२:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले टिपर र चालक धनुषा पुस्कलपुरका ३१ वर्षीय राजकुमार मगरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ। घटनाको विरोधमा स्थानीय बासिन्दाले खोर्साने–केराबारी सडक खण्ड र पूर्व–पश्चिम राजमार्ग बन्दको प्रयास गरेका थिए। ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर सडक भने बन्द गर्न नदिइएको प्रहरीले जनाएको छ।

चालु आर्थिक वर्षको हालसम्म मात्रै मोरङमा टिपरको ठक्करबाट ५ जनाको मृत्यु भइसकेको छ। सुन्दरहरैंचामा गत माघ १३ गते ११ वर्षीय बालिका लक्ष्मी ढकालको टिपरको ठक्करबाट मृत्यु भएपछि घटनाको विरोधमा उत्रिएका स्थानीय बासिन्दाले सातवटा टिपरमा आगजनी गरेर क्षति पुर्‍याएका थिए।


सम्बन्धित शीर्षकहरु

शुक्रबार, असम-मणिपुर सीमा नजिकै जिरी नदीमा एक महिला र दुई बालबालिकाको शव फेला परेको खबर आएको थियो। यसपछि, शनिबार भीडले…

महागुरु फाल्गुनन्द लिङदेनको १४० औं जन्मजयन्ती कुवेतमा विशेष कार्यक्रमको आयोजना गरी हर्षोल्लासका साथ मनाइएको छ। कार्यक्रमको उद्घाटन महागुरुको तस्बिरमा माल्यार्पण…

मराब: लेबनानको सबैभन्दा ठूलो क्रिश्चियन पार्टीका प्रमुखले इरान समर्थित हिजबुल्लाहले इजरायलसँगको वर्षौं लामो युद्ध अन्त्य गर्न र लेबनानलाई थप मृत्यु…

प्रतिकृयाहरू
...